Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

रुसी गुप्तचर निकायले साइबर हमला गरेको आरोप

ब्रिटिश सरकारले विश्वभरका राजनीतिक, व्यापारिक, सञ्चार र खेल संगठनहरूमा भएको साइबर हमलाका लागि रुसको सैनिक गुप्तचर निकाय जीआरयू जिम्मेवार भएकोमा आफू विश्वस्त रहेको बताएको छ ।

ब्रिटिश अधिकारीहरूको भनाइमा फ्यान्सी बेयर नाम गरेको समूहले लागु औषध प्रयोग विरोधी निकाय वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा) को कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच अर्थात ह्याक गरेर खेलाडीहरूका गोप्य दस्तावेजहरू चुहाएको हो । त्यो समूहले इन्टर्नेट मार्फत फिसिङ गरेर पासवर्डहरू चोरी गरेको आरोप ब्रिटिश अधिकारीहरूको छ । उनीहरूका अनुसार त्यही समूहले गत वर्ष युक्रेनको किएभको मेट्रो प्रणाली र ओडेसाको विमानस्थलको प्रणालीमा साइबर हमला गरेको थियो । त्यो समूहले सन् २०१६ मा अमेरिकी डिमोक्र्याटिक न्याशनल कमिटिका सूचनाहरू समेत चुहाइदिएको ब्रिटिश अधिकारीहरू बताउँछन् । यो वर्षको सुरुमा सोल्जबरीमा रुसी जासुस सेर्गेइ स्क्रिपाललाई स्नायु विष दिने कार्यमा पनि जीआरयूकै हात रहेको आरोप लगाइएको छ । बीबीसीका सुरक्षा संवाददाता भन्छन् ब्रिटेनका गुप्तचर निकायका अधिकारीहरूले पहिलो पटक साइबर हमलाको दोष जीआरयूमाथि लगाएका हुन् । उनका अनुसार फ्यान्सी बेयर जस्ता समूहबारे धेरैलाई जानकारी छ तर अन्य त्यस्ता समूहबारे धेरै जानकारी उपलब्ध छैन ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending