Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

जोगीको आवरणमा भेटिए बैंकर ज्ञवाली

काठमाडौं । एक समयका सेलेब्रिटी बैंकर थिए कमल ज्ञवाली । ‘क’ वर्गको वाणिज्य बैंक किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका उनी टप बैंकरमा गनिन्थे । सामान्य शिक्षकबाट केही वर्षमै वाणिज्य बैंकको सिइओ बनेका उनको सफलता अस्वाभाविक लाग्ने खालको थियो । तर, सफलता लामो समय टिक्न सकेन । बैंकमा भएको किर्ते कामको अनुसन्धान सुरु भएलगत्तै ५ वर्षअघि उनी फरार भए । उनको संलग्नतामा बैंकमा करोडौँ घोटाला भएको खुल्दै गयो । अाजकाे नयाँ पत्रिका  दैनिकमा याे खबर छ - फरार भएलगत्तै प्रहरी उनको पछि लागेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली निरन्तर उनको खोजीमा थियो । तर, कुनै ‘क्लु’ पाउन सकेको थिएन । लामो समय प्रहरीलाई छक्याउन सफल भएका ज्ञवाली बिहीबार भारतको उत्तर प्रदेशको मथुरानजिकै वृन्दावनको आश्रममा भेटिए, त्यो पनि जोगीको आवरणमा । प्रहरीलाई झुक्याउन ज्ञवालीले जोगीको भेष धारण गरेका थिए । ‘त्यहाँ पूरै जोगीका रूपमा उनको पहिचान थियो,’ पक्राउ गर्न गएका अपराध महाशाखाका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘प्रहरीलाई छक्याउन नै उनले यस्तो हुलिया बनाएको हुनुपर्छ ।’ उनी अन्य जोगीहरूसँगै बसिरहेका थिए । लामो टुप्पी पालेका उनलाई ठम्याउन सुरुमा त प्रहरीलाई गाह्रो भयो । तर, सम्पूर्ण सूचना लिएर भारतीय प्रहरीसँगको समन्वयमा त्यहाँ पुगेको महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरी छाड्यो । शुक्रबार नेपाल ल्याएपछि प्रहरीले अदालतमा पेस ग(यो । अदालतको आदेशपछि उनलाई कैद भुक्तान गर्न जेल चलान गरियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending