Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

नेकपाको कार्यालय स्थापना

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । तत्कालीन नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरको कार्यालयमा नेकपा पाँचथरको कार्यालय स्थापना गरिएको हो । यहाँ आज आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फेले नेकपाको झण्डा उठाई पार्टी कार्यालयको उद्घाटन गरे । गत जेठ ३ गते एकता भएका एमाले र नेकपा (माओवादी केन्द्र)को जिल्ला तहमा एकता प्रक्रिया पूरा भएको छैन । एकता प्रक्रिया पूरा नहुँदा पार्टी गतिविधि सञ्चालनमा समस्या सिर्जना भएकाले प्रदेश कमिटीको निर्देशनबमोजिम पार्टी कार्यालय स्थापना गरिएको नेकपाका जिल्ला नेता एवं तत्कालीन माओवादी केन्द्र पाँचथरका इञ्चार्ज हर्कबहादुर नेम्वाङले जानकारी दिए । पाँचथरमा जिल्ला कमिटी तथा मातहतका कमिटीको एकताका लागि प्रदेश कमिटीले बनाएको आठ सदस्यीय कार्यदलले एकताको खाका बनाइरहेको केन्द्रीय सदस्य सम्बाहाम्फेले जानकारी दिए । एकता कार्यदलले नेकपाका स्थानीय कमिटी, पेशागत, भ्रातृ तथा जनवर्गीय सङ्गठन, विभाग तथा मोर्चाको जिल्ला कमिटीको खाका तयार पारी प्रदेश कमिटीमा सिफारिश गरिने उहाँले जानकारी दिए । आठ सदस्यीय कार्यदलमा केन्द्रीय सदस्य सम्बाहाम्फेसहित जिल्ला नेता हर्कबहादुर नेम्वाङ, राजकुमार भण्डारी, विशाल रसाइली, होमबहादुर जबेगू, भुवानीप्रसाद लिङ्देन, दिनेश लावती र तीवेन्द्रराज चापागार्इं रहेका छन् । कार्यदलले बुधबारसम्ममा एकताको खाका तयार पारी प्रदेश कमिटीमा सिफारिश गर्ने जिम्मेवारी पाएको केन्द्रीय सदस्य सम्बाहाम्फेले जानकारी दिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending