जन्मजात हृदयाघातको उच्च जोखिम भएका व्यक्तिहरू एउटै जेनेटिक परीक्षणबाट पत्ता लगाउन सकिने सम्भावना एउटा अध्ययनले देखाएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार जेनोमिक रिस्क स्कोर (जीआरएस) परीक्षण गर्न जम्मा ४० पाउन्ड मात्र लाग्छ र ठूलो जनसङ्ख्यामा जोखिममा भएका व्यक्ति पत्ता लगाउन आर्थिक रूपमा पनि सस्तो नै छ। सो परीक्षणले उच्च कलेस्टरोलजस्ता मुटुको समस्या गराउने जोखिम भएका व्यक्तिमा पनि कसरी हृदयाघात हुन्छ भनेर स्पष्ट पार्न सक्छ। यसबारे थप अनुसन्धान हुनुपर्ने विज्ञहरू बताउँछन्।चाँडै जोखिम पत्ता लगाउन
शरीरमा आनुवंशिक गुण सङ्ग्रह गर्ने डीएनए परिवर्तित नहुने भएकाले जुनसुकै उमेरको व्यक्तिमा पनि जीआरएस अर्थात् वंशानुगत जोखिमको सम्भावना मापन गर्न सकिन्छ। यो परीक्षणले एउटा जिन वा वंशाणुलाई मात्र नभएर हृदयाघातको जोखिम बोक्ने जिनहरूको रूप जाँच्छ। यसबारे गरिएको अध्ययनमा अनुसन्धानकर्ताहरूले रगतको नमुना सङ्कलन गरेका थिए। तर मुखभित्रबाट सामान्य रूपमै निकालिने नमुनाबाट पनि यो परीक्षण गर्न सकिने उनीहरू बताउँछन्। चालीसदेखि ६९ वर्ष उमेर भएका पाँच लाख मानिसको जेनोमिक डेटा विश्लेषण गरेर जीआरएस मापन र गणना गर्ने विधि विकसित गरिएको हो। यूके बायोब्याङ्कमा सङ्कलित डेटामा २२ हजार जना मुटुमा रक्तप्रवाह अवरोध हुने रोग भएका व्यक्ति पनि थिए। जर्नल अफ अमेरिकन कलेज अफ कार्डिओलजीमा यसबारे एउटा लेख प्रकाशित भएको छ। शोधका प्रमुख लेखक तथा बेकर हार्ट एन्ड डाइअबिटिज इन्स्टिट्युट र युनिभर्सिटी अफ क्याम्ब्रिजसँग आबद्ध डा. माइकल इनोएका अनुसार कोरनरी हार्ट डिजिज भनिने मुटुमा अवरोध हुने समस्याको झन्डै ५० प्रतिशत सङ्ख्या वंशानुगत कारणले हुन्छ। बाँकी समस्या भने जीवनशैली र पर्यावरणसँग सम्बन्धित छन्। उनी भन्छन्, \"जोखिम पहिचान गर्दा हामीले आनुवंशिक भागलाई छुटाउने गरेका छौँ ...।\" जीआरएस मापन गर्दा शीर्ष २० प्रतिशत स्थानमा रहेका सहभागीहरूमा कोरनरी हार्ट डिजिज हुने सम्भावना सबैभन्दा तल रहेका २० प्रतिशत सहभागीभन्दा चारगुणा बढी थियो। विश्वभरि मृत्यु गराउने रोगहरूको सूचीमा कोरनरी हार्ट डिजिज माथिल्लो स्थानमै छ। युनिभर्सिटी अफ लेस्टरका प्राध्यापक एवम् वरिष्ठ लेखक निलेश सामानीका अनुसार राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसमार्फत् सङ्कलित ४० देखि ४९ वर्षसम्मका मानिसको तथ्याङ्कबाट मुटुरोगबारे गरिएको विश्लेषण पर्याप्त हुँदैन। लक्षण देखिनुभन्दा दशकौँअघि नै रोग सुरु भइसक्ने बताउँदै उनी भन्छन् - जोखिममा भएका व्यक्ति पहिला नै पत्ता लगाउनुपर्छ जुन जीआरएसले गर्न सक्छ। जीआरएस विधि प्रयोग गरेर उचित मूल्यमै चिकित्सकले उपचार गर्दा फाइदा पुग्ने र नपुग्ने बिरामी छुट्याउन सक्छन् भन्ने उनको धारणा छ। डा. इनोएका अनुसार यस किसिमको परीक्षणलाई कुनै स्वास्थ्यसेवा प्रणालीमा व्यावहारिक प्रयोगमा पठाउनुअघि धेरै काम गर्न बाँकी छ। बृहत् र व्यापक अध्ययनहरूले परीक्षणको शुद्धिलाई बढाउनेछन्। बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: