अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अन र उनीबीचको दोस्रो शिखर बैठक अमेरिकाको मध्यावधि निर्वाचनपछि हुने बताएका छन्।
आउँदो नोभेम्बरमा अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले शिखर बैठकका लागि तीन-चारवटा स्थानबारे विचार भइरहेको बताए। उनले संयुक्त राज्य अमेरिका वा उत्तर कोरियामा पनि शिखर बैठक हुन सक्ने उल्लेख गरे। यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले प्योङ्याङमा किमसँग भेटवार्ता गरेर फर्केपछि आफूले उत्तर कोरियाको पूर्ण तथा अन्तिम निरस्त्रीकरणको बाटो हेर्न सक्ने बताएका थिए। हालै संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाली विदेशमन्त्रीले अमेरिकाले प्रतिबन्धहरूलाई निरन्तरता दिइराखे आफ्नो देशले निरस्त्रीकरण नगर्ने चेतावनी दिएका थिए। गत जुनमा ट्रम्पले किमसँग ऐतिहासिक शिखर बैठक गरेका थिए, जहाँ किमले पारमाणविक निरस्त्रीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाए। बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच सिंगापुरमा जुनमा भएको शिखर बैठक हालसम्मकै पहिलो अवसर थियो। दुवै नेताले नयाँ सम्बन्ध स्थापित गर्ने, \'पूर्ण निरस्त्रीकरणका लागि काम गर्ने\' र कोरियाली प्रायःद्वीपमा दीर्घकालीन शान्तिका लागि काम गर्नेबारे एउटा सहमतिमा हस्ताक्षर गरेका थिए। यद्यपि निरस्त्रीकरण कहिलेसम्म हुने र त्यसको प्रमाणीकरण कहिलेसम्म गरिने भन्नेबारे उक्त सहमति स्पष्ट छैन। एक वर्षअघि मात्रै अमेरिका र उत्तर कोरिया पारमाणविक युद्धबारे सार्वजनिक रूपमा बोल्ने गर्थे। ट्रम्प र किमबीच गत जुनमा भएको शिखर बैठक गराउन दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। एजेन्सीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: