Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

अध्यक्षद्वय ओली र प्रचण्डलाई स्थानीय नेताको प्रश्नः उपचुनाव किन ?

काठमाडौं । वामदेव गौतमलाई उपचुनावमार्फत संसद्‌मा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं ७ खाली गराउन स्थानीय नेताहरूले नेकपाका अध्यक्षद्वयलाई सुझाव दिएका छन्  । अाजकाे कान्तिपुर  दैनिकमा याे खबर छ - प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले राजीनामा दिने र गौतमलाई त्यहाँबाट उठाउने तयारीपछि उक्त क्षेत्रका नेता बुधबार केपी शर्मा ओली र प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए  । प्रदेश सांसद वसन्त मानन्धर, प्रकाश श्रेष्ठ र न्हुच्छेकाजी श्रेष्ठले दुई अध्यक्षलाई स्थानीय वस्तुस्थिति अवगत गराए । उनीहरूले अकस्मात् काठमाडौं ७ खाली गर्ने कुरा आउँदा मतदाता र पार्टी कार्यकर्ता अन्योलमा परेको बताए । न्हुच्छेकाजी यसअघि उक्त क्षेत्रका निर्वाचन परिचालन कमिटी संयोजक थिए । तीनै जनाले जनमत र गौतमबारे भइरहेका टीकाटिप्पणी अध्यक्षहरूलाई सुनाएका थिए । पाँच वर्षलाई काम गर्ने प्रतिबद्धता जनाएका सांसदले बीचैमा पद छाड्दा अरू कुनै नै उद्देश्य लुकेको भ्रम पर्ने भएकाले शीर्ष तहबाटै यसलाई स्पष्ट पारिनुपर्ने उनीहरूले बताए । काठमाडौं ७ कम्युनिस्ट पार्टीले जित्दै आए पनि जनमतका हिसाबले धेरै सुरक्षित स्थान नरहेको उनीहरूको ब्रिफिङ थियो । यहाँबाट गत चुनावमा मानन्धरले १८ हजार १ सय २ मत ल्याएका थिए । राप्रपाले १० हजार ७९, विवेकशीलले ५ हजार ३ सय ७६, संघीय समाजवादी फोरमले १ हजार ७ सय ८१ मत ल्याएका थिए । यस क्षेत्रमा कांग्रेसका उम्मेदवार थिएनन् । नेकपाबाहेक अन्य सबैको मत जोडदा धेरै अन्तर नहुने लेखाजोखा उनीहरूले गरेका थिए । एक वर्षमै उपनिर्वाचन गर्नुपरेको र सांसदले छोड्नुको कारण पनि प्रस्ट नहुनाले चुनावी नतिजा सकारात्मक नै आउँछ भन्नेमा ढुक्क रहन नसकिने उनीहरूको विश्लेषण छ । काठमाडौं ७ स्थानीय नेवार त्यसमा पनि मानन्धरहरूको गुठी भएको स्थान हो । निर्वाचनमा यस्ता गुठी समूहको बलियो आधार हुन्छ, जुन रामवीरको हकमा पनि सावित हुँदै आएको छ । अहिले चुनाव हारेका, एउटा सांसदलाई हटाएर आफू संसद् छिर्ने उद्देश्यले आएका राजधानीबाहिरका ब्राह्मण उम्मेदवारलाई मतदाताले कति रुचाउलान् भन्ने प्रश्न पनि नेकपाभित्र चर्चामा छ । स्थानीय नेताले पार्टीले निर्णय गरेको अवस्थामा सिंगो संगठन गौतमलाई जिताउन परिचालित हुने जानकारी गराएका थिए । अध्यक्षद्वयले भने चुनावबारे निर्णय भइनसकेको बताए । उनीहरूले उपयुक्त समयमा पार्टीले निर्णय लिने जनाउँदै सरकारका राम्रा कामबारे जनतालाई बुझाउँदै गर्न निर्देशन दिए । गौतमका लागि काठमाडौं ७ खाली गराउन लागिएको विषयले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म हलचल ल्याएको छ । नेकपाकै नेताले यसबारे पार्टीभित्र व्यापक छलफल हुनुपर्नेमा जोड दिएका छन् । नेता भीम रावलले पार्टीभित्र यस्ता विषय छलफलबाट टुंगिनुपर्ने सार्वजनिक रूपमै बताएका छन् । ईश्वर पोखरेलले फेसबुकमा लामो स्टाटस लेख्दै ‘विचार विधि, आचरणलाई नयाँ स्तरमा उठाउनु र स्थापित गर्नु जरुरी रहेको’ उल्लेख गरेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy