Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

काठमाडौं ७ मा उपनिर्वाचन गर्न राज्यको १० करोड, तयारीका लागि ४० दिन लाग्ने

काठमाडौं । काठमाडौं ७ मा उपनिर्वाचन गर्दा निर्वाचन आयोग र सुरक्षा निकायको खर्च मात्रै १० करोडभन्दा बढी हुने देखिएको छ । उम्मेदवारले गर्ने खर्च अझ छुट्टै छ । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन खर्चको अनुपात हेर्दा प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्रमा करिब १० करोड खर्च भएको थियो । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा १० प्रतिशत खर्च बढ्न सक्छ । काठमाडौं ७ मा ५७ हजार पाँच सय ५८ मतदाता छन् । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलका अनुसार एक मतदाताका लागि ०७४ को प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा ५०६ रुपैयाँ खर्च भएको थियो । प्रतिमतदाताका लागि भएको खर्चको हिसाबअनुसार ०७४ को निर्वाचनमा काठमाडौं ७ मा निर्वाचन आयोगको तर्फबाट २ करोड ९१ लाख २४ हजार ३४८ रुपैयाँ खर्च भएको देखिन्छ । यो खर्च ०७० को निर्वाचनमा भएको खर्चको ३ प्रतिशत बढी हो । एक वर्षमा भएको मूल्यवृद्धिले समेत अबको निर्वाचन खर्चलाई प्रभावित गर्छ । त्यसैले निर्वाचन आयोगका लागि मात्रै काठमाडौं ७ मा कम्तीमा ३ करोड रुपैयाँ छुट्याउनुपर्छ । आनुपातिक रूपमा उपनिर्वाचनमा करिब १० प्रतिशत खर्च बढ्न सक्ने सम्भावना हुन्छ । मतपत्र, मतदाता शिक्षाका लागि आवश्यक सामग्री, मसी, निर्वाचनमा खटिने कर्मचारीका लागि आवश्यक रकमलगायत प्रशस्त सामान खरिद गर्नुपर्ने भएकाले खर्च बढ्ने आयोगले जनाएको छ । सुरक्षामा मात्र सात करोड प्रतिनिधिसभाका १६५ र प्रदेश सभा ३३० निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा सुरक्षामा मात्रै करिब ११ अर्ब खर्च भएको थियो । अर्थ मन्त्रालयका तत्कालीन सचिव शान्तराज सुवेदीका अनुसार त्यतिवेला सेनालाई करिब १ अर्ब १० करोड र अन्य सुरक्षा निकायका लागि करिब १० अर्ब रुपैयाँ खर्चिएको थियो। उक्त तथ्यांकलाई आनुपातिक रूपमा हेर्दा एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि सुरक्षामा मात्रै औसतमा ६ करोड ६६ लाख खर्च पर्न आउँछ । निर्वाचनको तयारी गर्न ४० दिन आवश्यक डोल्पाका प्रतिनिधिसभाका सांसद धनबहादुर बुढाले राजीनामा दिने र उपनिर्वाचन गर्ने लगभग अन्तिम चरणमा पुगेको थियो । भदौमा चलेको यो चर्चासँगै २१ वा २२ असोजमा उपनिर्वाचन गर्न आयोगले तयारी पनि गरेको थियो । आयोगका एक कर्मचारीका अनुसार त्यतिवेला सरकारसँग ४५ दिन समय मागेको र त्यसैअनुसार तयारी भएको थियो । तर, बुढाले राजीनामा नदिएपछि तयारी रोकिएको थियो । आयोगका तीन कर्मचारीका अनुसार काठमाडौं ७ को उपनिर्वाचनका लागि पनि ३५ देखि ४० दिनसम्म समय आवश्यक पर्नेछ । उम्मेदवारको करोडौं खर्च छुट्टै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले प्रचारमा २५ लाखसम्म खर्च गर्न पाउँछन् । यो ०७४ को निर्वाचनमा आयोगले तोकेको खर्च सीमा हो । तर, गोप्य रूपमा उम्मेदवारहरूले योभन्दा धेरै खर्च गर्ने गरेका छन् । ठूला पार्टी तथा आर्थिक रूपमा सबल उम्मेदवारले आफ्नो पक्षमा मत तान्न करोडौँ खर्च गरेका उदाहरण प्रशस्तै छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy