Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

पूर्वप्रधानमन्त्रीका छोरालाई जन्मकैद

बंगलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा विपक्षी दलकी नेतृ बेगम खालिदा जियाका छोरालाई बुधबार जन्मकैदको फैसला सुनाएको छ । सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदमाथि बम आक्रमणको घटनामा संलग्न रहेको आरोपमा जियाका छोरा तारिक रहमानलाई यो सजाय सुनाइएको हो । रहमान विपक्षी बंगलादेश नेशनलिस्ट पार्टीका कार्यवाहक अध्यक्ष हुन् । उनका पिता जियाउर रहमानले सन् १९७१ मा बंगलादेशलाई सैनिक मेजर हुँदा स्वतन्त्रता सेनानी शेख मुजीबुर रहमानको आदेशमा स्वतन्त्र घोषणा गरेका थिए। पछि उनी सैनिक जर्नेल हुँदै उक्त मुलुकको सातौं राष्ट्रपति बनेका थिए । सन् १९८१ मा सेनाबाटै उनको हत्या भएको थियो । \"\" बंगलादेशमा हालकी प्रधानमन्त्री मुजीबुर रहमानकी छोरी हुन् भने प्रमुख विपक्षी बेगम उनै जियाउरकी श्रीमती हुन् । भ्रष्टाचार मुद्दामा गत फेब्रुअरीदेखि आमा जियालाई कैद गरिएपछि बेलायतमा शरण लिइरहेका रहमानमाथि पनि यो सजाय सुनाइएपछि यसै डिसेम्बरमा घोषणा गरिएको आम निर्वाचनमा विपक्षी पार्टीको अवस्था झनै नाजुक बनेको छ । रहमानले लण्डनबाटै निर्वाचनको तयारी गर्दै आएका थिए । १४ वर्षअघिको यसै घटनाका दोषी बताउँदै रहमानबाहेक १९ जना अन्यलाई भने अदालतले मृत्युदण्ड नै सुनाएको छ। उनीहरु अधिकांश विपक्षी पार्टीकै नेता कार्यकर्ता हुन् । जसमध्ये एकजना लुतफुज्जामान बाबर कनिष्ठ गृहमन्त्री रहिसकेका छन् । सन् २००४ को एउटा र्‍यालीमा हसिनाले भाषण गर्नेबित्तिकै गरिएको ग्रिनेड आक्रमणमा २४ जनाले ज्यान गुमाएका थिए । त्यस घटनामा पाँच सयजना भन्दा बढी घाइते भएका थिए । मृतक र घाइतेमध्ये अधिकांश बर्तमान सत्ताधारी र उतिबेलाको विपक्षी दल अवामी लिग पार्टीसँग आवद्ध थिए । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy