आश्विन २६ गते, २०७५ शुक्रवार 12th October, 2018 Fri०८:४०:५३ मा प्रकाशित
एजेन्सी । झट्ट हेर्दा सामान्य लाग्छ । यो उल्लासपूर्ण विवाहको फोटो संग्रह लाग्छ, बुवाआमा रोइरहेका, साथीहरुले बेहुलीलाई सिंगारी रहेका, केही नर्भस भएकी बेहुली अनि होहल्ला गर्दै रमाइरहेका बालबालिकाहरु ।
तर नजिकबाट हेर्यो भने केही छुटेको स्पष्ट हुन्छ । जुन विवाहको फोटो संग्रह हेरिएको छ, त्यो विवाहका बेहुला केन्डल मुर्फीको ९ महिनाअघि दुर्घटनामा निधन भयो । बेलुही जेसिका प्याडगेट आफ्नो विवाह पहिरनमा एक्लै उभिएकी छन् केन्डलको समाधि स्थल नजिकै । यो घटना हो अमेरिकाको इन्डियाना राज्यको ।
केन्डल र जेसिकाको घर सात माइल पर थियो । उनीहरु कलेजमा पहिलो पटक भेटिएका हुन् । दुवै अमेरिकी फुटबलका ठूला फ्यान । केन्डलले नोट्री रंगशालाको सोलो टुरको बेला जेसिकालाई सरप्राइज दिए । उनले जेसिकालाई रंगशालामै विवाहका लागि प्रस्ताव गरे ।
अग्निनियन्त्रक केन्डलको गएको नोभेम्बरमा रक्सीले मातेका ड्राइभरले चलाएको गाडीले ठक्कर दिँदा निधन भयो । २५ वर्षकी जेसिका स्वभाविक रुपले टुटिन् ।
उनले केन्डललाई सम्झिँदै भनिन्, ‘उ निकै उत्कृष्ट व्यक्ति थियो । निकै माया गर्ने, अति दयालु थियो ।’ तर जेसिकाले केन्डलको निधन भए पनि पूर्व निर्धारित विवाहको मितिलाई निरश नबनाउने निर्णय गरिन् । गएको सेप्टेम्बर २९ मा विवाहको मिति थियो । जेसिका विवाहको सेतो ड्रेसमा सजिइन् । साथी तथा परिवारका सदस्य जम्मा भए ।
विवाहको तस्बिर खिच्नका लागि जेसिका र केन्डलले फोटोग्राफर बुक गरेका थिए । तिनै फोटोग्राफरले फोटो खिचे । जेसिकाले विवाह बारे भनिन्, ‘म हाम्रो विवाहको दिनलाई मनाउन चाहन्थेँ, हामी भौतिक रुपमा साथमा नरहे पनि ।
मलाई यो दिनका सम्झनाहरु संगाल्नु थियो ।’विवाह र फोटो सुटको आइडिया जेसिकालाई तत्काल आएको थिएन । तर केन्डलको निधन भएको केही दिनपछि नै विवाहको ड्रेस बनाउन दिएको बुटिकबाट जेसिकालाई ड्रेस तयार भएको जानकारी गराउन फोन आयो ।
उनले भनिन्, ‘पहिलो कुरा त ड्रेसको आवश्यकता नै थिएन अब, आफ्नो मिल्ने साथीसँग विवाह गर्ने सपना टुटिसकेको थियो । तर बुवाआमाले ड्रेसका लागि पैसा तिरेकाले लिने निर्णय गरियो । त्यसपछि मात्रै यो आइडिया आएको हो ।’
जेसिकाले मात्रै होइन उनलाई थाहा नदिइ केन्डलकी आमाले पनि फोटोग्राफरसँग यो असहज विवाहको फोटो खिच्नका लागि आग्रह गरेकी थिइन् । त्यसपछि फोटोग्राफर तयार भइन् । त्यसपछिको तस्बिर एक वयश्क महिलाले आफन्त गुमाउँदाको पीडाको प्रमाण बनेको छ ।
सम्बन्धित् समाचार इमरान खानलाई पूर्वप्रेमिकाको पहिलो बधाई, जनताको विश्वासकाे सम्मान गर्न आग्रह
Powered by Inline Related Posts
जेसिकाले विवाहको फोटो सुटको दिन सम्झिइन्, ‘म रेलमा थिएँ कि मष्तिस्कमा म एक्लै उभिनेछु, बेहुला हुने छैन मसँग भन्ने विचार आइरहेका थिए । मैले बुवालाई देखेँ मन थाम्नै सकिन ।’
तर त्यहाँ शोकसँगै हाँसो पनि आयो । जेसिकाले आफूलाई सम्हालिन् र फोटो सुट गरिन् । विवाहको दिन जेसिका र उनको परिवारका लागि थेरापी जस्तै बन्यो । यो विवाह समारोहमा परिवारका सदस्य, साथीहरु र केन्डलले काम गर्ने अग्निनियन्त्रण विभागका साथी कर्मचारीहरु थिए ।
जेसिकाको विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो । तस्बिरले आफूलाई केन्डलसँग थप नजिक बनाएको जेसिकालाई महसुस भएको छ । उनी भन्छिन्, ‘म अहिले उसलाई देख्न सक्छु, साँच्चै भन्दा उ मेरो मुटुमा छ ।’ जेसिकाका तस्बिर म्याण्डी केनिपले खिचेकी हुन् ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: