Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

बिग्रेको रुसी रकेटमा सवार अन्तरिक्षयात्री सकुशल

एउटा रुसी सोयुज रकेट उडेको केही मिनेटभित्रै आपत्कालिन अवतरण गर्न बाध्य भएको छ। तर त्यसमा रहेका दुई अन्तरिक्षयात्रीको सकुशल रहेको बताइएको छ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको यात्रामा जान लागेको सो रकेटमा उडेको केही समयपछि नै समस्या देखा परेको थियो। बैकानुर अन्तरिक्ष केन्द्रबाट उडेको केही समयपछि नै अन्तरिक्षयात्रीहरू निक हेग र अलेक्सी ओफ्चीनिनले आफ्नो रकेटमा समस्या देखिएको जानकारी दिएका थिए। त्यसपछि उक्त यानलाई बैकानुरभन्दा केही सय माइल टाढा आपत्कालीन अवतरण गराइएको थियो। त्यसमा सवार दुई अन्तरिक्षयात्रीलाई उद्धारकर्ताहरूले फेला पारेर केही घन्टाअघि मात्र कजाखस्तानस्थित बैकानुर अन्तरिक्ष केन्द्रमा हेलिकप्टरमार्फत् फिर्ता लगिएको छ। रुसले यो घटनामा कहाँ के खराबी भयो भन्ने विषयमा छानबिन सुरु भएको बताउँदै तत्कालका लागि मानवसहितका अन्तरिक्ष उडानहरू निलम्बन गरिएको जनाएको छ। \"\" जनाथन एमोस भन्छन्, \"सोयुज सबैभन्दा पुराना डिजाइनमध्येको एउटा रकेट हो, तर त्यो सबैभन्दा सुरक्षितमध्येको पनि हो।\" रुसी रकेट उद्योगको वर्तमान अवस्था र विगतमा जस्तो गुणस्तर कायम राख्‍न सक्ने त्यसको क्षमताका बारे पहिले नै निकै छलफल र बहस भइसकेको छ। अब थालिएको नयाँ अनुसन्धानको परिणाम जे जस्तो आए पनि यो घटनापछि पहिले व्यक्त भएका चिन्तालाई झन् चर्काइदिन सक्ने हाम्रा सम्वाददाता बताउँछन्। ‌ रुसी अन्तरिक्ष निकायले सार्वजनिक गरेको फोटोमा ती दुवैको मुटुको चाल र रक्तचाप परीक्षण भइरहेको देख्‍न सकिन्छ। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy