संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले बिहीबार सुडान र दक्षिण सुडानबीचको विवादित आबेइ क्षेत्रमा तैनाथ राष्ट्रसङ्घीय शान्ति सैनिकको म्याद अन्तिम पटक छ महिनाका लागि थप गरेको छ । परिषदले दुई देशबीचको सीमा विवाद छ महिनाभित्र टुङ्ग्याउने गरी अन्तिम पटक उक्त म्याद थप गरेको हो । सुरक्षा परिषदले गरेको उक्त सर्वसम्मत निर्णयमा विवादित क्षेत्रका सम्बन्धमा दुवै मुलुकले छ महिनाभित्र सहमति निर्माण गर्नुपर्ने बताउँदै राष्ट्रसङ्घीय शान्ति सेनाको म्याद अन्तिम पटक छ महिनाका लागि मात्र थप गर्ने निर्णय गरिएको उल्लेख छ । यसअघि पनि राष्ट्रसङ्घले सुडान र दक्षिण सुडानबीचको सीमा विवाद सुल्झाउन दुवै देशलाई पटकपटक चेतावनी दिइआएको छ । सन् २०११ मा सुडानबाट दक्षिण सुडान नामको स्वतन्त्र राष्ट्र निर्माण भएसँगै करिब १० हजार ५०० वर्ग किलोमिटर क्षेत्र ओगटेको आबेइका सम्बन्धमा विवाद चलिरहेको छ । यो क्षेत्रमा बसोबास गर्ने अरब मिसेरिया र एन्गोक डिन्का समुदायबीच जातीय तनाव हुने गरेको छ । सुडान र दक्षिण सुडानले आबेइमा एक किसिमको प्रशासकीय संरचना निर्माण गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे पनि वर्षौंदेखि खासै प्रगति हुन सकेको छैन । आबेइमा राष्ट्रसङ्घ मातहत अन्तरिम सुरक्षा बल तैनाथ गरिएको छ । सन् २०१५ नोभेम्बर महिनामा आबेइमा भएको आक्रमणमा चार वर्षकी बालिका र राष्ट्रसङ्घका एक शान्ति सैनिकको मृत्यु भएको थियो । यहाँ तैनाथ हजारौं शान्ति सैनिक इथिओपियाका छन् । एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: