Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

घर फर्कने नेपालीका लागि गौरीफन्टा नाका सहज

धनगढी ।कैलालीको गौरीफन्टा नाकामा आउजाउ सहज छ । दसैंमा घर फर्किरहेका नेपालीले सास्ती नपाउन् भनी नाकामा प्रहरीको उच्च निगरानी छ । प्रहरीले सीमामा दुईवटा कुकुर पनि नियमित परिचालन गरेको छ । अाजकाे अन्नपुर्ण पाेष्ट दैनिकमा याे खबर छ - केही दिनअघि गौरीफन्टामा भारतीय कस्टम कर्मचारीले नेपालीबाट रकम लिइरहेको सार्वजनिक भएपछि भारत सरकारले त्यहाँ कार्यरत सबै कर्मचारी सरुवा गरेको थियो । त्यसपछि अवैध असुली कम भएको छ । ‘गत वर्ष नाकामा भारततिरै एक हजार तिरेको थिएँ’, भारतको बंगलोरबाट कञ्चनपुर आउँदै गरेकी यशोदादेवी सुनारले भनिन्, ‘खै यसपालि त एक रूपैयाँ पनि तिर्नुपरेन ।’ उनी दिल्ली–धनगढी चल्ने नेपाली नम्बरको गाडीमा आएकी हुन् । गौरीफन्टाबाट पाँचवटा भारतीय गाडी दैनिक एक गाडीका दरले दिल्ली जान्छन् । गत वर्ष तिनै गाडी चालक र परिचालकले यात्रुबाट एकमुष्ट रकम उठाएर नाकाका सुरक्षाकर्मीलाई दिने गरेको सार्वजनिक भएको थियो । ‘यसपालि कसैले रकम मागेन, झोला जाँच्यो अनि छोडिदियो’, बंगलोरबाटै फर्केका अछामका बिक्रम शाहीले भने । मुख्यमन्त्रीको सीमामा छड्केबुधबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट गौरीफन्टा सीमानाका पुगेका छन् । बिहानै कसैलाई खबर नगरी उनी टोलीसहित पुगेका थिए । दसैंमा फर्किने नेपालीबाट अवैध रकम असुली र दुव्र्यवहार हुन थालेको सुनेपछि नाकामा आएको उनले बताए । उनले एसएसबी, कस्टम कर्मचारी, नेपाल प्रहरी र ससस्त्र प्रहरीलाई सीमा क्षेत्रमा आवागमन सहज बनाउन निर्देशन दिए । ‘दसैंमा घर फर्किरहेका नेपालीले दुःख पाइरहेका छन् भनेर सुनेपछि आफंै सीमामा आएको हुँ’, मुख्यमन्त्री भट्टले भने । मुख्यमन्त्री पुगेपछि कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ र एसपी विनोद घिमिरे पनि नाकामा पुगेका थिए । नाकामा राजा र फुच्चे नेपाल प्रहरीको दसैं, तिहार र छठको विशेष सुरक्षा योजनाअन्तर्गत धनगढीको कुकुर शाखाका राजा र फुच्चेलाई सुदूरपश्चिमको राजधानी जोडिएको गौरीफन्टा नाकामै खटाइएको छ । बिहानै वडा प्रहरीको गाडी राजा र फुच्चेलाई लिएर गौरीफन्टा पुग्छ । राजा विष्फोटक पदार्थ पत्ता लगाउने कुकुर हो । ल्याब्राडोर जातको राजालाई प्रहरी जवान दीपक विकले परिचालन गर्छन् । दसैमा दुःखद् घटना नहोउन् भनेर राजा र फुच्चेलाई नाकामा खटाइएको विकले बताए । फुच्चे पनि ल्याब्राडोर जातकै कुकुर हो । ८ महिनाअघि प्रहरी प्रधान कार्यालयले धनगढीको संघीय प्रहरी इकाई कार्यालय परिसारभित्र कुकुर शाखा खोलेको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy