Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

भुराको दसैं

घटस्थापनाको दिनबाट स्कुल बिदा भए पछी गाउँ जान सार्है हतार हुन्थ्यो । तर गाउँ पुग्दा जहिल्यै फूलपाती छुन्थ्यो । तर गाउँमा घरको मुल दैलोमा टास्न भनेर त्यस अघीनै दसैंको शुभकामना पम्प्लेट बनाउन ब्यस्त भैइन्थ्यो । त्यसको पनि छुट्टै रमाइलो लाग्थ्यो । घरमा आउने आफन्त अरु नातागोता कसले बनाएको यो भनेर सोध्थे । त्यही भएर पनि सक्दो राम्रो अनी रंगीचंगी बनाउन खुब जाँगर चल्थ्यो । भोली पल्टै खसी काट्ने दिन ! बिहानै आँगनमा चुलो बनाएर खड्कुलोमा पानी बसाल्ने हतार हुन्थ्यो । पानी उम्लिदा पनि खसी ढाल्ने मान्छेको खबर नहुँदा कहिले त आँफै हान्दिउ जस्तो लाग्थ्यो । तर नसक्ने कुरो आँटेर त भएन । पछी फेदिस्वराको हजुरबुवा खुकुरीमा धार लाउदै अाइपुग्नु हुन्थ्यो । खुकुरीले नाडिको रौं काट्ने नहुन्जेल धार लाउने क्रम चलिरहन्थ्यो । खड्कुलो बसालेर हामी भुराहरु केराको थम्बा लिन दौडधुप गर्थ्यो । खुकुरीले भुइँ नभेटोस् भनेर केराको थम्बा रखेर त्यस माथि खसी तन्काईन्थ्यो । अब खसी ढाल्ने बेला भयो ! खसी पर्सिनु पर्‍यो । टिका सिका लगाइदिएर पानी छर्किदा पनि खसी मान्दै मान्दैन त । मुन्टै हल्लाउदैन । अनेक मन्त्र भनेर, हाम्रो चलिआएको चलन् हो कालीलाई प्रसाद चढाउन भन्दै एक छिन फलाके पछी पानी अली मजैले छर्के बल्ल खसी पर्सियो । मजैले मुन्टो जिउ भररै हल्लाई दियो । एक्छिन हासो चल्थ्यो । टाउको तिर समाउने र खुट्टा तिर समाउने मान्छे अली दरै चहिन्थ्यो । बुवा अंकलहरुले समाउनु हुन्थ्यो । म चाँही कराइ लिएर अघिनै रेडी हुन्थे रक्ती थाप्न । खसी पनि गज्जपकै थियो । एक पटकमा छिन्ला नछीन्ला भन्न गारै थियो । तर हेर्दा हेर्दै खसी दुई टुक्रा । खुकुरीले थम्बा काटेर भुइँ भेटेछ । खसी काटेको हेर्न मलाई डरै लाग्थ्यो । अहिले पनि लाग्छ तर हेरिन्छ । परिआए आँफै हानिन्छ जस्तो लाग्छ । अब तातो पानीमा खसी चोपलेर भुत्ला तान्ने बेला भयो । खै पानी बढी उम्लेर हो वा के नमिलेर हो जहिल्यै भुत्ला बाँकी बस्थ्यो । काठमाडौंमा मासु पसलेले खसी सजिलै एक्लै खुइल्याएको देखेर अब दसैंमा यसै गरी गर्नु पर्छ जस्तो लाग्थ्यो तर अह कहिल्यै भएन त्यस्तो । एउटा खसी सफा गर्न १० हात लागे पनि फेरी ब्लेड लाउनै पर्थ्यो । ब्लेड पनि नयाँ भए त छिट्टै हुन्थ्यो होला । तर कहिले देखिको खिया लगेको ब्लेड खोपा तिर बाट खोज खाज गरेर काम चलाऊन पर्थ्यो । जती गर्दा नि नभएपछि बल्ल बुवा अंकल हजुरबुवाहरुले एक दुई पटक दारी काटेर राखेको ब्लेड को पालो आउंथ्यो अनी बल्ल ३ ४ घण्टा पछी खसी चिल्लो हुन्थ्यो । भुराहर्को हात काट्छ ब्लेडले नगर भन्नु हुन्थ्यो । तर आफुलाई चै ब्लेडले भुत्ला खुइल्याउन कस्तो मन लाग्थ्यो पखाल पुखुल पारेर खरानी बेसार मोले पछी खसी बल्ल मासु जस्तो लाग्थ्यो । तर टाउकोले लास्टै दु:ख दिन्थ्यो । पोल पाल पारे पछी बल्ल भुत्ला अली देखिन छोड्थ्यो ।
हामी भने त्यहिको सेतो फुल फुल्ने ठुलो रुखमाथि चढेर अल्मलिन्थ्यौ घरि सात हाते जमेको तिर टोलाउँथ्यौ घरि देवी थाना तिर पिङ खेल्न कुदाकुद गर्थ्यौ । कालो बोको सेरेर त्यहाका देवी देउतालाई भोग दिने क्षण चै साह्रै डर लाग्थ्यो । तैपनी पनि हामी मन्दिरको पछाडिको खोपाबाट भित्र पूजारीले बोका रेटेको हेर्थ्यौ । कहिले त तातो तातो रगतको छिर्का मुख तिरै पर्थ्यो ।
दलानमा मान्द्रो ओछ्याए पछी त्यस माथि राखेर खसि काट्कुट् सुरु हुन्थ्यो । कती धार्नी होला भनेर तुरुन्तै अड्कल बाजी सुरु भैहल्थ्यो । तर तुलोमा जोखे पछी बल्ल यती भन्ने थाहा हुन्थ्यो । त्यो तुलोले जोखेर कसरी धार्नी बिसौली चुट्ट्याउने हामी भुरालाई थाहा हुने कुरो पनि थिएन । खै धार्नी बिसौली हमाली सांसरी पासरी के के भन्थे बिर्सियो अहिले त । खसी टुक्र्याउन चै ह्याकुलो बिचमा चिरे पछी सुरु हुन्थ्यो । अनी पछाडिको खुट्टा अघिको खुट्टा छुट्याउदै आन्द्रा भुँडीको पालो आउंथ्यो । आन्द्रा भुँडी धुन जानै पर्‍यो । अंकलहरुको साथ् लागेर तल खोला तिर झरिन्थ्यो डोकोमा हालेर । तलको धारो पानी खान नुहाउन पर्ने भएकोले आन्द्रा भुँडी धुदा गन्हौछ भनेर रोसी खोला तिरै पुगिन्थ्यो । डुङ् डुङ् गन्हाउथ्यो तर फाल्ने कुरो पनि हुँदैनथ्यो । सिन्कोमा उनी उनी फर्काएर धोइन्थ्यो । तर हात ३ दिन सम्म लादी गन्हाउथ्यो । पछी खाने बेलाको स्वाद सम्झदै जसो तसो सफा गरेर त्यै डोकोमा हालेर उकालो लागिन्थ्यो । घर आउँदा त बाटैदेखि मगमग्ती मासु बास्ना आएर के भन्नु । हजुरमुमाले मासु खुब मिठो पकाउनु हुन्थ्यो । अनि भित्र्यास रक्ती चिउरा दही केरा थाल भरी राखेर दिनु हुन्थ्यो । खाइ सकेपछि बल्ल साच्चिकै दसैं आएको जस्तो लाग्थ्यो । अनी तल्लो घर मास्लो घर फेदीस्वरा गर्दै कुदिन्थ्यो । पुराना थोत्रा तास खोजखाज् गरेर भुरा भुरा लुकी लुकी सात हाते पनि खेलिन्थ्यो । बुइगलमा गोरु बान्ने दाम्ला थुप्रै हुन्थ्यो । दुइटा निकालेर दलानको दलिनमा पिङ हालिन्थ्यो डोको चढि चढि । हुँदैन भन्नु हुन्थ्यो तर आँखा छलेर पिङ हालीसके पछी कसैले केही भन्दैन थिए । चकटी राखेर पिङ खेल्न सुरु भैहल्थ्यो । भोली पल्ट नवमी । पारी भोर्ज्याङ टारमा रहेको कुल्देउता मन्दिरमा पूजा हुन्थ्यो । मन्दिर सिंगार्न हरेक घरका एक एक जाने चलन थियो । हामी भुरा जाने सक्ने कुरो त भएन । अंकल बुवाहरु जानुहुन्थ्यो । हामी चै बाँसको लिंगो काट्न हिड्थ्यौ । सुरिलो लिंगो पाउनपनि गारै हुन्थ्यो । बाँसको २ - ३ वटा झ्याङ् चहारे पछी गतिला लिंगा काटेर घर फर्कीइन्थ्यो । दसैंमा लुगा सिलाउदाका लुगाका टुक्राटाक्रीलाई ध्वाजा पताका मानेर अघि काटेर ल्याएको लिंगालाई सिंगारेर अघि अघि अनी हजुरमुमाले तयार पार्नुभएको पूजा सामाग्री बोकेर हजुरबुवा पछि पछि कुल्देउता मन्दिर तिर हिडिन्थ्यो । दिनभरी जस्तो लाग्थ्यो पूजा सकिन । हामी भने त्यहिको सेतो फुल फुल्ने ठुलो रुख माथि चढेर अल्मलिन्थ्यौ घरि सात हाते जमेको तिर टोलाउँथ्यौ घरि देवी थाना तिर पिङ खेल्न कुदा कुद गर्थ्यौ । कालो बोको सेरेर त्यहाका देवी देउतालाई भोग दिने क्षण चै साह्रै डर लाग्थ्यो । तैपनी पनि हामी चै मन्दिरको पछाडिको खोपाबाट भित्र पूजारीले बोका रेटेको हेर्थ्यौ । कहिले त तातो तातो रगतको छिर्का मुख तिरै पर्थ्यो । बोकाको सफाइ भाग बन्डा ठाडे खोलामा हुन्थ्यो । अनि ८ भाग लाएको मासु एक भाग बोकेर घर फर्किदा साँझ झमक्कै हुन्थ्यो । भोली पल्ट टिकाको दिन । जमराको अन्तिम पूजा सक्न हजुरबुवा ब्यस्त हुनुहुन्थ्यो । हामी टिकाको तयारीका लागि नुहाई धुवाई गर्न तल मुखियाको पंधेरो तिर ओरालो लाग्थ्यौ । नुहाई धुवाई सकेर आउँदा टिका लगाउने बेला ठिक्क हुन्थ्यो । अनि हाम्रो घर माथ्लो घर अनि फेदिस्वारा तिनै घरका जम्मा भएर तीनै घरमा पालै पालो टिका लगाउन लस्कर ताँती लगाएर हिड्दा कती रमाइलो हुन्थ्यो कति । टिका लगाउँदा आफु भन्दा ठुलालाई खुट्टामै ढोग्नु पर्छ भनेर हाँसो ठट्टा पनि चल्थ्यो । आफुलाई चै यस्सो निहुरी गरेपछि भैहाल्छ जस्तो लाग्ने कोही त निधारले खुट्टा नछोइ उठ्न नदिने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy