Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

विमानको ढोका लगाउन खोज्दा कर्मचारी खसिन्

विमानस्थलमा उड्ने तयारीमा रहेको एउटा विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते भएकी छिन्।

सोमबार बिहान भारतको मुम्बईमा सो दुर्घटना हुँदा हर्षा लोबो भारतीय ध्वजावाहक एअर इन्डियाको बोइङ-७७७ को उडानका लागि तयारी गर्दै थिइन्। सो घटनालाई दु:खद भन्दै एअर इन्डियाले एउटा विज्ञप्तिमा त्यसबारे अनुसन्धान हुँदै गरेको जनाएको छ। उसका अनुसार ती कर्मचारी बोइङ-७७७ को ढोका लगाउन लाग्दा भुइँमा खस्न पुगेकी हुन्। अस्पताल पठाउनुअघि उनलाई विमानस्थलमा चिकित्सकहरूले परीक्षण गरेका थिए। \"\" विमानस्थलका एक अधिकारीले समाचारपत्र द हिन्दूलाई ती कर्मचारी होसमै रहेकी तर उनको दाहिने खुट्टाको हड्डी चर्किएको र उनलाई अन्यत्र पनि चोट लागेको बताएका छन्। गत हप्ता दक्षिण भारतको त्रिचीबाट दुबईका लागि उडेको एअर इन्डियाको एउटा विमान धावनमार्गनजिकै रहेको एउटा पर्खालमा ठोक्किएको थियो। त्यस विमानमा १३० यात्रु र चालकदलका छ सदस्य थिए। सो विमानलाई मुम्बई पठाइएको थियो र त्यसले त्यहाँ सकुशल अवतरण गरेको थियो। केही हप्ताअघि मध्यआकाशमा रहेको जेट एअरवेजका ३० भन्दा बढी यात्रुहरू विमानभित्र हावाको चापको समस्याका कारण बिरामी परेका थिए। सो विमानका चालकहरूले चाप नियन्त्रण गर्ने एउटा स्विच थिच्न बिर्सिएका थिए। चापको सन्तुलन नमिल्दा धेरै जनाको नाक र कानबाट रगत बगेको थियो। उनीहरूको औषधोपचार गरिएको थियो। बीबीसी \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending