Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

पोखरा पल्टन ५८ रनले विजयी

पोखरा । पोखरा प्रिमियर लिगको पहिलो खेलमा पोखरा पल्टन ५८ रनले विजयी भएको छ । शुक्रबार (आज)बाट सुरु भएको खेलमा पोखरा पल्टनले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर टाईटन्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन बनाउन सफल भयो । विराटनगरका राजु रिजाल र पुष्प थापाले समान ३० रन बनाएका थिए भने ओपनरद्वय प्रदीप ऐरी ११ र सुनिल धमला १० रनमा आउट भएका थिए । जितेन्द्र सिंह ठकुरी १०, एन्ड्रयु सुविक्शन १४ र राजेश पुलामी मगर ७ र जितेन्द्र मुखिया ६ रनमा आउट भएका थिए । कप्तान सन्दीप लामिछाने ११ रनमा नटआउट रहे । पोखराका ललित राजवंशीले ३ विकेट लिएका थिए । उनले ४ ओभरमा १७ रन खर्चेका थिए । महबुब आलम, कृष्ण कार्की, कप्तान शरद भेषावकर, विक्रम भुसाल र रशिद खानले १,१ विकेट लिएका थिए। यसअघि आसिफ शेखको अर्धशतकमा टस हारेपछि ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ९७ रन बनाएको थियो । विनोद भण्डारी ११ बलमा ४१ रन बनाई नटआउट रहे । उनले २ चौका र ५ छक्का प्रहार गरे । शरद ४ बलमा ७ रन बनाई नटआउट रहे । कुशल भुर्तेल र आशिफले पहिलो विकेटमा अर्धशतकीय साझेदारी गरी पोखरालाई राम्रो सुरुआत दिलाएका थिए । उनले कुशल २६ बलमा २ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाई विराटनगरका सन्दीपको बलमा आउट भएका थिए ।आसिफले ५४ बलमा ५२ रन बनाए । १९ औं ओभरमा आउट भएका उनले ५ चौका र १ छक्का प्रहार गरे । भारतीय खेलाडी रवि इन्दर सिंहले २७ बलमा ४ छक्का र २ चौका प्रहार गरी ४४ रन बनाएका थिए । विराटनगरबाट सन्दीपले २ विकेट लिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies