Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

वाचा पूरा नगरेको शहीद परिवारको गुनासो

भीमदत्तनगर। झण्डै डेढ वर्ष अघि सीमा रक्षाका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमले शहादत प्राप्त गरे । नेपाल–भारत सीमा क्षेत्र पर्ने यहाँको आनन्द बजार नजिक कल्र्भट निर्माणको विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीबाट गोली लागेर गौतम ढलेपछि केही साता स्थिति निकै तनावग्रस्त बन्यो । लगत्तै तत्कालीन सरकारले गौतमलाई शहीद घोषणा गर्नुका साथै उहाँका सन्ततिलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने बताए पनि त्यो अझै पूरा हुन नसकेको शहीद परिवारको गुनासो छ । तीन छोरी रहेका गौतमकी पत्नी लक्ष्मी गौतमले छोरीहरुको स्थानीय विद्यालयमा अध्यापन चलिरहेको बताइन । “तीन वटै छोरीलाई अलग÷अलग स्कूलमा पढाउनुपरेको छ ।” उनले भनिन्, “घटनाका बेला पाइएका धेरै आश्वासन पूरा भएनन् ।” घटनाका बेला पुनर्वास नगरपालिकाले पनि आफूलाई रोजगारी दिने बताएको लक्ष्मीले जानकारी दिइन् । “मलाई पनि कहीँकतै जागीर दिइएको छैन ।” उनले भनिन्, “सरकारले घोषणा गरेको रु १० लाखसँगै सबैतिरबाट गरी रु ३२ लाख सहयोग जुटेको थियो ।” उनले शहीदका लागि मिलेको सहयोगले पुनर्वासमै रु २६ लाखमा घर किनेको बताइन् । “अहिले रोजगारीका लागि दौडधुप गरिरहेको छु ।” उनले भनिन्, “राहत दिने धेरै प्रतिबद्धता औपचारिकताका लागि रहेछन् ।” त्यसैगरी स्थानीय तहले आनन्द बजारमा शहीद गौतमको शालिक बनाउने भनेको थियो तर त्यो कामको शुरुआत गरिए पनि अझै सम्पन्न गर्ने सुरसार छैन । “शालिक बनाउने काम अझै भएको छैन ।” त्यसैगरी दुई महीनाअघि कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणका विषयमा चलिरहेको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर भीमदत्तनगरपालिका–१८ सालघारीका १४ वर्षीया शनि खुनाले शहादत प्राप्त गरे । लगत्तै सरकारले खुनालाई शहीद घोषणा गर्दै रु दश लाख दिने घोषणासमेत गरेको थियो । “सङ्घीय सरकार र भीमदत्तनगरपालिकाबाट घोषणा गरिएको राहत रकम पाइसके ।” शहीद शनि खुनाका बुबा वीरबहादुरले भने, “सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेको रु पाँच लाख पाउन बाँकी छ ।” उनले सङ्घीय सरकारबाट रु १० लाख र भीमदत्तनगरपालिकाबाट रु तीन लाख रकम पाएको जानकारी दिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy