Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

विद्यार्थी टिकाउनै चिन्ता भाे निजी विद्यालयलाई

काठमाडौँ, ‘गोरखा भूकम्प’ को प्रभावका कारण काठमाडौँ उपत्यकाका विभिन्न निजी विद्यालयलाई आफ्ना विद्यार्थी अन्यत्र जाने हुन् कि भन्ने त्रास देखिएको छ ।

उपत्यकामा सामुदायिकभन्दा तेब्बर सङ्ख्यामा रहेका निजी विद्यालयले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गरिसकेका छन् । विद्यालय सञ्चालकले हाल ‘सरुवापत्र’ लिन चाहनेका बारेमा सूचना दिन नचाहेको र सकेसम्म आफ्नै विद्यालयमा राख्न चाहेको पनि देखिएको छ । ती विद्यार्थी उपत्यका बाहिर वा मुलुक बाहिर जान सक्ने अनुमान गरिएको छ । गत वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण बिदा दिइएका विद्यालय आइतबारदेखि सञ्चालनमा आए पनि आधाभन्दा बढी विद्यार्थी अनुपस्थित छन् । केही दिनमा विद्यार्थी उपस्थितिको सङ्ख्या बढ्ने सम्भावना भएको तर केही प्रतिशत विद्यार्थी स्थानान्तरण हुने निजी विद्यालय सञ्चालकका संस्थाले जनाएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अध्यक्ष लक्ष्यबहादुर केसीले हाल स्पष्ट आँकडा प्राप्त नभए पनि १० देखि १५ प्रतिशतसम्म विद्यार्थी स्थानान्तरण हुन सक्ने बताउनुभयो । उपत्यकामा करिब एक सय निजी विद्यालय छन् । केही विद्यालयले चर्केको भवनमा टालटुल गरी पढाउन खोजेकाले पनि अभिभावकले सुरक्षाको चिन्ता उठाएका छन् । अभिभावक सङ्घ नेपालका उपाध्यक्ष सरिता अर्यालले आफूहरूले अनुगमन गरेका विद्यालयमा २५ प्रतिशत मात्र विद्यार्थी उपस्थित भएको पाइएको बताउँदै स्थानान्तरण हुन चाहनेलाई रोक्ने वा आनाकानी गर्ने काम उचित नहुने बताए । उपाध्यक्ष अर्यालले भने– ‘विद्यार्थीको अधिकारलाई कसैले रोक्न सक्दैन, उनीहरूलाई जहाँ सुरक्षा हुन्छ, जहाँ जान आवश्यक पर्छ, त्यहाँ जान सक्छन् ।” काठमाडौँलगायत भूकम्प प्रभावित १४ जिल्लामा सामुदायिक र निजी विद्यालय खुले पनि उपस्थित पचास प्रतिशत मात्र भएको र कक्षा सञ्चालन नभई मनोसामाजिक परामर्श दिएर आधा दिनमा बिदा दिने गरिएको पाइएको छ । सञ्चालनमा आए पनि अधिकांशमा पढाइ सुरु गरिएको छैन । भवन क्षति भएका र विकल्प तयार नभएका विद्यालयमा अझै केही दिनपछि विद्यार्थी आउनेछन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) का अध्यक्ष कर्णबहादुर शाहीले अहिलेसम्म विद्यार्थी बाहिरिएको जानकारीमा नआए पनि केही प्रतिशत स्थानान्तरण हुन सक्ने बताए । काठमाडौँ उपत्यकालगायत सामुदायिक निजी विद्यालयका भवनको प्राविधिक परीक्षण गरेर ध्वस्त तथा क्षतिग्रस्त भवनको विकल्पमा टहरा निर्माण गरी अभिभावकको अवलोकनपछि विद्यार्थीलाई विद्यालय पठाउन थालिएको छ ।

शिक्षा मन्त्रालयले केही दिन झोला नदिई विद्यालय पठाउन अभिभावकमा आग्रह गरेको थियो भने शिक्षकले केही दिन मनोसामाजिक परामर्श दिनुपर्ने निर्देशन गरेको थियो ।

सोअनुसार विद्यालयले पाठ्यपुस्तकमा प्रवेश नगरी परामर्श, गीत, नृत्य, खेल, साङ्गीतिक प्रस्तुतिमा भुलाएका थिए । विद्यार्थीबीच आफ्ना भूकम्पीय अनुभव आदानप्रदान गराइएको छ ।

सहुलियत ऋण दिन अर्थमन्त्री सकारात्मक

निजी शिक्षालय संस्थाहरूको सञ्जाल (अपिन) ले साेमबार अर्थमन्त्री डा. रामशरण महतलाई भेटी भूकम्पबाट क्षति भएका निजी शिक्षण संस्थालाई सहुलियत ऋण दिन र करमा छुट दिन माग गरेको छ । प्याब्सन, एनप्याब्सन, उच्चमाध्यमिक विद्यालय सङ्घ (हिसान) का प्रतिनिधि रहेको अपिनका पदाधिकारीले आज सिंहदरबारस्थित कार्यालयमा भएको भेटमा मन्त्री डा. महत सो मागमा सकारात्मक रहनुभएको पाइएको प्याब्सनका अध्यक्ष केसीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending