श्रीलङ्काका राष्ट्रपति माइत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमसिङ्गेलाई बर्खास्त गरेको भोलिपल्ट संसद् स्थगन गरेपछि त्यहाँ राजनीतिक संकट गहिरिएको छ।
विक्रमसिङ्गेले उनको बर्खासीलाई चुनौती दिन तथा आफ्नो बहुमतलाई पुष्टि गर्न संसद्को आपत्कालीन सत्र बोलाए लगत्तै श्रीलङ्काली संसद् स्थगन गरिएको हो। एउटा नाटकीय घटनाक्रममा राष्ट्रपति सिरिसेनाले शुक्रवार साँझ उनका राजनीतिक शत्रु तथा भूतपूर्व राष्ट्रपति महिन्दा राजपक्षलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। नोभेम्बर १६ सम्म त्यहाँको संसद् स्थगन गरिएको छ र राजपक्षलाई सांसदहरूको समर्थन जुटाउनका लागि समय दिने प्रयासस्वरूप त्यस्तो निर्णय लिइएको ठानिएको छ। राष्ट्रपति सिरिसेनाको दलले युनाइटेड पिपल्स फ्रिडम अलाएन्स पार्टी (युपीएफए)को नेतृत्वमा रहेको सत्ता गठबन्धन छाडेपछि उनले प्रधानमन्त्री विक्रमसिङ्गेलाई बर्खास्त गरेका हुन्। सन् २०१५ मा भएको राष्ट्रपतीय निर्वाचनमा सिरिसेनाले राजपक्षलाई हराएका थिए। विपक्षीहरू भन्छन्- त्यस्तो कदम असंवैधानिक हो। सन् २०१५ को चुनावमा विक्रमसिङ्गेले सिरिसेनालाई जित हात पार्न सघाएका थिए। तर भारतलाई एउटा बन्दरगाह \'लिज\'मा दिने सरकारी योजनाको विषयमा दुईजनाबीच मन्त्रिमण्डलमा झगडा गरेको बताइएको छ। श्रीलङ्काको गृहयुद्ध तथा राजपक्षको कार्यकालमा भएका भनिएका ज्यादतीहरूसम्बन्धी जवाफदेहिता खोज्ने वाचासहित विक्रमसिङ्गे र उनको युनाइटेड न्याश्नल पार्टी- युएनपी सत्तामा आएको थियो। राजपक्षको विरोधी हुनुअघि राष्ट्रपति सिरिसेना उनका साझेदार थिए साथै उनको नेतृत्वको सरकारमा मन्त्री पनि थिए। राजपक्षको कार्यकालमा सन् २००९ मा श्रीलङ्काको गृहयुद्ध समाप्त भएको थियो तर विद्रोहीहरूमाथि उनले जित हासिल गरेको तरिकाका कारण उनले आलोचनाको सामना गरेका थिए। गृहयुद्ध समाप्त हुने बेलामा कैयौँ हजार तमिल गैरसैनिकहरूलाई सरकारी फौजले मारेको विश्वास गरिएको छ। २६ वर्ष लामो गृहयुद्धका क्रममा श्रीलङ्कामा ८० हजार देखि १ लाखसम्म मानिसले ज्यान गुमाएको आकलन गरिएको छ र दुवै पक्षमाथि युद्ध अपराधहरू गरेको आरोप लागेको छ। अझ भूतपूर्व राष्ट्रपति राजपक्ष र उनको भित्री समूहले ठूलो स्तरमा भ्रष्टचार गरेको आरोप पनि लागेको छ। यसै महिना केही समयअघि राष्ट्रपति सिरिसेनाले, मन्त्रिमण्डलको बैठकलाई भारतीय गुप्तचर निकायले आफ्नो हत्या गर्ने षड्यन्त्र रचिरहेको आरोप लगाएका थिए। त्यस्ता विवरणहरूपश्चात् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन पनि गरेको बताइएको छ। बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: