Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

अमेरिका दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास हुने

सोल । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाकाबीचमा हुने भनिएको संयुक्त सैन्य अभ्यास पुनः शुरु हुने भएको छ । पहिल्यै हुने तय भएको सो अभ्यास केही समयपछि हुन लागेको बताइएको छ । यसै वर्षको जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको उच्चस्तरीय वार्तापछि सो सैन्य अभ्यास रोकिएको थियो । त्यस समयमा रोकिएको सो सैन्य अभ्यास अहिले पुनः शुरु गर्न लागिएको दक्षिण कोरियाली अधिकारीले जानकारी दिएका छन् । सो उच्चस्तरीय वार्तापछि पनि यी दुई देशका उक्त सैन्य अभ्यासका तयारी गरिरहेका बेला यता उत्तर कोरियाले आपत्ति जनाएपछि रोकिएको थियो । तर यो सैन्य अभ्यासलाई सानो आकारको भनिएको छ । त्यस अभ्यासमा अमेरिका र दक्षिण कोरियाका गरी जम्मा ५०० जना मात्र सैनिक सहभागी हुने भएका बताइएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएअनुसार सो सैन्य अभ्यास सोमबारबाटै हुनेछ । यो अभ्यास दुई हप्तासम्म चल्ने र दक्षिण कोरियाको दक्षिणी शहर पोहाङमा हुने जानकारी पनि सो मन्त्रालयले दिएको छ । दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ता चोइ हियोन सुलेले भने– हामीले पहिले नै घोषणा गरेअनुसारको सैन्य अभ्यास गर्ने तयारी हामीले गरिसकेका छौँ र यो सानो सङ्ख्याको सैन्य अभ्यास गर्नेछौँ । सम्वाददाताहरुलाई उनले सोमबार यो जानकारी दिए । संयुक्त राज्य अमेरिका दक्षिण कोरियाको नजिकको सहयोगी हो । उसले उत्तर कोरियाको पारमाणवकि खतराबाट बचाउन भन्दै दक्षिण कोरियामा २८ हजार ५०० अमेरिकी सेना राखेको छ । यी दुई देशले विगत लामो समयदेखि यस्तो सैन्य अभ्यास सञ्चालन गर्दै आएका छन् । यसलाई उनीहरुले आफ्नै शब्दमा विशुद्ध रक्षात्मक प्रकृतिको र कसैका विरुद्धमा पनि लक्षित नरहेको भन्ने गरेका छन् । तर यस अभ्यासलाई उत्तर कोरियाले भने आफ्ना विरुद्धको अमेरिकी र दक्षिण कोरियाको रणानीति भन्ने गरेको छ । गत जुन महिनामा पनि यदि सोलमा सो सैन्य अभ्यास गर्ने हो भने आफूले जुनमा सिंगापुरमा भएको सहमति भङ्ग गर्ने जनाएको थियो । त्यसपछि सो अभ्यास रोकिएको थियो । तर सोमबारबाट शुरु हुन लागेको यस अभ्यासका बारेमा पनि उत्तरको कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।  एएफपी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE