Ntc summer Offer
Khabar Dabali १६ मंसिर २०८१ आईतवार | 1st December, 2024 Sun
Investment bank

डोनाल्ड ट्रम्पको प्रचार सामग्री प्रसारण गर्न किन अस्वीकार ?

अमेरिकी संसदीय चुनावको प्रचार अभियान अन्तिम चरणमा आइपुग्दा उक्त अभियान जातिवादी बन्दै गएको आरोपसँगै पछिल्लो समयको सबभन्दा नकारात्मकमध्येको एक प्रचार अभियानमा परिणत भएको छ।

अमेरिकी टेलिभिजन नेटवर्कहरूले एकजना गैरकानूनी आप्रवासीले प्रहरीलाई मारेको विषयमा राष्ट्रपति डोनल्ड ट्रम्पको टोलीले बनाएको एउटा प्रचारसामग्री हटाएका छन्। यसैबीच फलोरिडा र जर्जियामा चर्चित अफ्रिकी-अमेरिकी उम्मेदवारहरूलाई लक्षित गर्दै स्वचालित जातिवादी कलहरू आएका छन्। मङ्गलवारको संसदीय चुनावलाई राष्ट्रपति ट्रम्पको कार्यकालको परीक्षणका रूपमा हेरिँदैछ। चुनावी नतिजाले ट्रम्पको बाँकी दुई वर्षे कार्यकाल कस्तो हुने भन्ने निर्क्योल गर्नेछ। अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ स्थान र माथिल्लो सदन सिनेटका १०० मध्ये ३५ स्थानका लागि चुनाव हुन लागेको हो। ती निर्वाचन वाक् एवम् धार्मिक स्वतन्त्रताका निम्ति जनमत सङ्ग्रह सरह हुने ट्रम्पले बताउने गरेका छन्। गत अगस्टमा ट्रम्पले संसदीय चुनावमा डेमोक्र्याटिक दलले जिते आफ्ना नीतिहरू \'हिंसात्मक रूपले\' उल्ट्याइने चेतावनी दिएका थिए। सोमवार एनबीसी र सामाजिक सञ्जाल फेसबुकका साथै ट्रम्पलाई मनपर्ने फक्स न्यूजले पनि ट्रम्पको ३० सेकेन्ड लामो एउटा चुनावी प्रचार सामग्री प्रसारण नगर्ने घोषणा गरेका छन्। \"\" भिडिओ क्लिपमा डेमोक्र्याटहरूले कागजात विनै मेक्सिकोका एक आप्रवासीलाई अमेरिका प्रवेश गर्न दिएको र ती आप्रवासीले सन् २०१४ मा क्यालिफोर्नियामा दुईजना अधिकारीको ज्यान लिएको देखाइएको छ। ट्रम्पले गत हप्ता उक्त क्लिप ट्वीट गरेका थिए, तर जातिवादी भन्दै सीएनएनले त्यसलाई प्रसारण गर्न अस्वीकार गर्‍यो। विज्ञापनबारे सोमवार प्रश्न राख्दा ट्रम्पले पत्रकारहरूलाई भने, \"थुप्रै कुरा अपमानजनक छन्। तपाईँहरूले सोध्ने प्रश्न पनि धेरै पटक अपमानजनक हुने गर्छन्।\" पूर्वराष्ट्रपति बराक ओबामाले देशको चरित्र र सार्वजनिक जीवनमा मानिसहरूले आफूलाई कसरी अघि बढाए भन्ने कुरा मतपत्रमार्फत् व्यक्त हुने बताएका छन्। निर्वाचनबाट डेमोक्र्याटिक पार्टीले हाउस अफ रेप्रेजेन्टेटिभमा पुनः नियन्त्रण कायम गर्न चाहेको छ भने रिपब्लिकन पार्टीले सिनेटमा आफ्नो पकड बलियो पार्न चाहेको छ। बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy