Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

अमेरिकामा गोली प्रहारबाट कम्तीमा १२ जनाको मृत्यु (भिडियाे)

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको प्रहरीले भनेको छ लस एन्जलिस् स्थित एउटा मदिरालय, बार, अगाडि भएको गोली प्रहारको घटनामा एकजना प्रहरीसहित कम्तिमा १२ जनाको ज्यान गएको छ। स्थानीय समयअनुसार बुधबार रातीको ११:२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित \"बोर्डरल्याण्ड बार एण्ड ग्रील\" नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो।

कम्तीमा अन्य १० जना घाइते छन्। भेन्चुरा काउन्टीका एकजना प्रहरीले मारिनेमा बन्दूकधारी पनि रहेको बताएका छन्। प्रहरीलाई गोलीकाण्डको उद्देश्यका बारेमा पनि केही थाहा हुन सकेको छैन। प्रत्यक्षदर्शीहरूका अनुसार उक्त मदिरालयमा केही दर्जन गोली चलेका थिए।

उक्त काउन्टीको शेरिफ कार्यालयका प्रवक्ता एरिक बुशोले भने, \"डेप्युटीहरू घटनास्थलमा पुग्दा तिनीहरूले गोली चलेको आवाज सुनेका थिए, त्यतिञ्जेलसम्म बन्दूकधारी सकृय नै रहेको हुनुपर्छ।\"

गोलीकाण्डमा मारिएका प्रहरीको नाम रन हेलुस भएको बताइएको छ। भेन्चुरा शेरिफ कार्यालयका सार्जेन्ट र २९ वर्षसम्म सेवामा रहेका ती प्रहरीले सेवाबाट अर्को वर्ष अवकाश पाउन लागेका थिए।

उनीमाथि थुप्रै पटक गोली प्रहार भएको र पछि स्थानीय अस्पतालमा उनलाई मृत घोषित गरिएको थियो। ती संदीग्ध बन्दूकधारीले दर्जनौं गोली चलाएका र प्रहरीका अनुसार ती व्यक्तिले पछि आफ्नै ज्यान लिएको हुनु पर्छ।

कलेजका विद्यार्थीहरूमाझ लोकप्रिय सांगितिक कार्यक्रमका क्रममा बन्दूकधारीले जबर्जस्ती प्रवेश गरेर गोली चलाएका थिए। मानिसहरूले मेचहरूको प्रयोग गरेर झ्यालका सिसा फुटाई त्यहाँबाट भागेका र केही शौचालयमा लुकेका थिए। सांगितिक कार्यक्रम भैरहंदा उक्त बारमा कम्तिमा दुईसयजना मानिसहरू रहेका बताइएको छ। बिबिसिबाट

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending