Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

प्रमुख प्रतिपक्षी कांग्रेस माओवादी विद्रोहीसँग मिलेको माेदीकाे अाराेप

\"शहरिया माओवादीहरू शहरमा एसी भएका घरमा बस्छन्, सुकिलामुकिला देखिन्छन्। गाडी चढ्छन्, उनीहरूका छोराछोरी विदेशमा पढ्छन् तर रिमोट कन्ट्रोलबाट हाम्रा आदिवासी बालबालिकाको जिन्दगी बरबाद गर्छन्।\"

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको भाषणको एउटा अंश हो यो। शुक्रवार एउटा चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रमुख प्रतिपक्षी कांग्रेस माओवादी विद्रोहीसँग मिलेको आरोप लगाए।

कांग्रेस आई माओवादीको \'शहरी सञ्जालसँग मिलेको\' मोदीको भनाइ थियो। त्यसको एक दिनपछि भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले पार्टीको घोषणापत्र जारी गर्दै तिनै आरोपलाई दोहोर्‍याए।

त्यसपछि सामाजिक सञ्जालमा दुवै पक्षबाट वाक्‌ युद्ध शुरू भयो र दुवै पक्षले एकअर्काविरुद्ध कडा शब्दमा वक्तव्य दिए। कांग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले ट्वीट गर्दै मोदीलाई प्रश्न गरे, \"के तपाईँ पनि आफ्नो त्यो भनाइमा अडिग हुनुहुन्छ जब माओवादीलाई \'आफ्नै मान्छे\' भन्नुभएको थियो?\"

\"के त्यो भनाइमा अडिग हुनुहुन्छ जब मुख्यमन्त्री रमन सिंहले माओवादी विद्रोहीलाई \'धर्तीपुत्र\' भनेका थिए?\" \"के तपाईँलाई थाहा छ माओवादीले कांग्रेसका २५ ठूला नेताको हत्या गरेका छन्?\" सुरजेवालाका अनुसार गुजरातमा मुख्यमन्त्री रहेका बेला सन् २०१० को मे २० मा मोदीले त्यस्तो अभिव्यक्ति दिएका थिए भने रमन सिंहले सन् २०१५ मा।

कांग्रेस भन्छ, छत्तीसगढमा माओवादीविरुद्धको लडाइँमा सबैभन्दा बढी क्षति हाम्रै नेताले बेहोरेका छन्। सन् २०१३ मा सुकमा जिल्लाको दर्भा उपत्यकामा माओवादीहरूले कांग्रेसका नेताहरूको एउटा समूहमाथि हमला गरेका थिए।

सो हमलामा कांग्रेसका वरिष्ठ नेता महेन्द्र करमासहित २५ जना नेता मारिएका थिए। त्यसमा पूर्वगृहमन्त्री विद्या शुक्ल र कांग्रेसको छत्तीसगढ प्रदेश समितिका अध्यक्ष नन्दकुमार पटेल पनि थिए।

बीजेपीलाई भन्दा माओवादीहरू कांग्रेसलाई \'ठूलो शत्रु\' मान्दछन् किनकि गृहमन्त्री रहेका बेला पी चिदम्बरमले माओवादीविरुद्ध \'अपरेशन ग्रीन हन्ट\' शुरू गरेका थिए।

कांग्रेस नेता एवम् तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले \'भारतको आन्तरिक सुरक्षाका लागि माओवादी सबैभन्दा ठूलो खतरा\' भएको बताएका थिए, जसबाट माओवादीहरू चिढिएका थिए।

प्रधानमन्त्री मोदी र बीजेपी अध्यक्ष अमित शाहले कांग्रेस आईले माओवादीको शहरी सञ्जाललाई समर्थन गरेको पनि आरोप लगाएका छन्।

आखिर कसलाई \'अर्बन नक्सल\' अर्थात् \'शहरिया माओवादी\' भन्ने गरिएको छ त? अग्नि अर्थात् \'एक्शन ग्रुप फर न्याशनल इन्टेग्रिटी\' नामक संगठनका फारूक अलीका अनुसार माओवादी विद्रोहीलाई सहयोग गर्नेहरू नै \'शहरिया माओवादी\' हुन्। बिबिसि

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending