Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

पीडितले भनिन्, बाेक्सी भन्दै कपाल समातेर पुरूषले नै लछारपछार गरे

धनुषा, २५ कात्तिक । धनुषामा एक महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ । सबैला नगरपालिका–१२ रघुनाथपुर निवासी ३७ वर्षीया जुलेखा खातुनले बोक्सीको आरोपमा आफूमाथि कुटपिट गरी क्रूर अमानवीय व्यवहार गरिएको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटना बाहिरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित खातुनले आफूलाई छ जना स्थानीयवासीले बोक्सीको आरोप लगाउँदै निर्ममतापूर्वक कुटपिट गरेको भन्दै जाहेरी दिएकी छन् । स्थानीय रहिमन कवारीकी पत्नी खैतुन खातुन, जुमरात राइनकी पत्नी अजिमा खातुन, ओकराहावाला भन्ने जुमरत राइन, मो हबिब राइन, मो. समिम राइन र अ‍ैलुन राईनलगायतका व्यक्तिले बोक्सी भन्दै आफूमाथि कुटपिट गरेको पीडित खातुनले जाहेरीमा उल्लेख गरेकी छिन् । पीडित खातुनले कात्तिक १३ गते दिउँसो आफ्नै घरमा खाना खाएर आराम गरिरहेको समयमा घरमै प्रवेश गरी तिनीहरुले गाली बेइज्जत गर्दै घरबाट बाहिर ल्याई आफूलाई बोक्सी भन्दै निर्घात कुटपिट गरेको जाहेरीमा उल्लेख गरेकी छिन् । पीडितले भनिन्, “कपाल समातेर लछारपछार गर्दै सार्वजनिक रुपमा नै ममाथि कुटपिट भयो, बोक्सीको आरोपमा बदनाम गरियो, म एउटी महिलामाथि पर पुरुषहरुले लछारपछार गरे, कुटपिट गरे, मेरो सामाजिक अपमान गरियो र मैले न्याय पाउनुपर्छ ।” पीडित खातुनले विपक्षीहरुको डरले आफूलाई गाउँलेले समेत साथ दिन छोडेको र इलाका प्रहरी कार्यालय सबैखालका प्रहरी सहायक निरीक्षकले समेत उल्टै आफूलाई नै धम्काएर पठाएको बताइन् । पीडित खातुनकी सासू गुब्दी खातुन र ससुरा इस्लाम कवारीले उनीहरुले आफ्नो बुहारीलाई अनाहकमा कुटपिट गरेको र गाउँमा बोलाइएको पञ्चायतमा समेत उल्टै आफूहरुलाई नै गलत साबित गर्ने प्रपञ्च रचिएको दुःखेसो सुनाए । पीडित महिलाका पति वैदेशिक रोजगारको क्रममा साउदीमा छन् । धनुषामा यसअघि पनि धनौजी गाउँपालिकामा एक दलित महिलालाई गाउँका कथित पञ्चहरुले जबर्जस्ती बोक्सी रहेको स्वीकार गर्न लगाई सार्वजनिक रुपमा कुटपिट गर्दै एक लाख नगद दण्ड जरिवाना गर्न लगाएको घटना सार्वजनिक भएको थियो । –––

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: