Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सफ्टबैंक मोबाइलः २१ अर्ब डलरको आइपीओ जारी

टोकियो । जापानमा टेलिकम क्षेत्रको विशाल कम्पनी सफ्टबैंकले अर्को महिना जापानमा २१ अर्ब डलरको प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । वर्षौंपछि जापानमा यति ठूलो परिमाणको सेयर निष्कासन गर्ने यो प्रविधि क्षेत्रको पहिलो कम्पनी हो । आइपीओ मार्फत सङ्कलन हुने रकमलाई सफ्टबैंकले विश्वभर फैलिएका आफ्ना कम्पनी र परियोजनामा लगानी गर्ने सफ्टबैंकले जनाएको छ । यो आइपीओ डिसेम्बर १९ मा खुल्नेछ र प्रति सेयर मूल्य १३ डलर तोकिएको छ । यो सेयर सफ्टबैंकको मोबाइल युनिटको मात्र हो । स्थानीय सञ्चार माध्यमका अनुसार सेयर जारी गरेपश्चात सफ्टबैंकको मोबाइल युनिटको मूल्य ७१ खर्ब ८० अर्ब जापानी येन पुग्नेछ । गत फेब्रुअरीमा नै कम्पनीले आइपीओ निष्कासन गर्ने घोषणा गरेको थियो । उक्त घोषणामा आइपीओ जारी गरेपश्चात मोबाइल युनिटमा “व्यापक व्यवस्थापकीय स्वतन्त्रता” प्राप्त हुने बताइएको थियो । सफ्टबैंकले सोमबार गरेको घोषणामा सेयर सूचीकरणले मुख्य संस्थापक कम्पनी एसबीजी र यसको जापानी मोबाइल युनिटको भूमिकालाई स्पष्ट गर्नेछ । “एसबीजीले विश्वभर छरिएर रहेका कम्पनीमा लगानी विस्तार गरिरहेको छ, र समूहको दूरसंचार व्यवसायका क्षेत्रमा सफ्टबैंक मुख्य कम्पनी हो,” वक्तव्यमा भनिएको छ । सेयर सूचीकरण पश्चात सफ्टबैंकले मोबाइल युनिटका क्षेत्रमा ६३ दशमलब १४ प्रतिशत हिस्सा ओगट्नेछ । प्रमुख कार्यकारी अधिकृत मासायोशी सोनको नेतृत्वमा सफ्टबैंकले शुरुआती दिनहरुमा सफ्टवेयरका क्षेत्रमा कार्य गरेपनि हाल लगानी कम्पनीको रुपमा अगाडि बढेको छ । सफ्टबैंकको १०० अर्ब डलरको भिजन फन्डको प्रयोग गरी सोनले हाल चल्तीका प्रविधि कम्पनीहरु उबेर, स्लाक, वीवर्क र एनभिडियामा लगानी गरेका छन् । यो रकमको झण्डै आधा हिस्सा साउदी अरेबियाबाट प्राप्त भएको छ, तर पत्रकार जमाल खशोग्जीको हत्या पश्चात सफ्टबैंकसँग साउदी अरेबियाको सम्बन्ध र लगानीका बारेमा प्रश्न उठ्न थालेको छ । यही महिनाको शुरुमा सोनले पत्रकार खशोग्जीको हत्याको भत्र्सना गरेका थिए तर उनले साउदी अरेबियासँगको व्यावसायिक सम्बन्ध यथावत राख्ने बताए । एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending