Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

मदिरा सेवन जाँचमा असफल भएका पाइलट निलम्बित

भारतको हवाई उड्डयन नियामक निकायले मदिरा सेवन परीक्षणका क्रममा दोषी पाइएपछि एकजना वरिष्ठ पाइलटलाई तीन वर्षसम्म जहाज उडाउन नपाउने गरी रोक लगाएको छ । सरकारी स्वामित्वको एयर इण्डियाको \'डिरेक्टर अफ अपरेसन्स्\' समेत रहेका क्याप्टेन अर्बिन्द कठपालियाले आइतबार दिल्ली-लण्डनको उडानलाई नेतृत्व गर्न लागेका थिए । मदिरा सेवन परीक्षणमा असफल देखिएपछि उनको ठाउँमा अर्का पाइलटलाई ल्याइएको थियो । क्याप्टेन कठपालियाले भने आफूविरुद्ध लागेका अभियोगहरू अस्वीकार गरेका छन् । उड्डयन निकायका अधिकारीहरूले गत वर्ष पनि त्यस्तै अभियोगमा उनलाई तीन महिनासम्म निलम्बित गरिएको बताएका छन् । उड्डयन नियामक निकाय डिरेक्टोरेट जेनेरल अफ सिभिल एभिएसन (डिजीसिए) ले आफ्नो विज्ञप्तीमा भनेको छ, \"नियममा भएको प्रावधानहरू अनुसार उनको अनुमतिपत्रलाई नोभेम्बर ११ तारिखबाट लागू हुने गरी तीन वर्षसम्मका लागि निलम्बित गरिएको छ ।\" आइतवार क्याप्टेन कठपालियाले आफू एयर इण्डियाको आन्तरिक झगडाको पीडित भएको भन्दै उक्त परीक्षणको परिणामलाई चुनौती दिने बताएका छन् । उड्डयन नियमले पाइलटहरूलाई उडान भर्नु १२ घण्टा अघिदेखि मदिरा सेवनमा प्रतिबन्ध लगाउँछ र उडानअघिको मदिरा सेवन परीक्षण बाध्यकारी प्रावधान हो । गत ज्यानुअरीमा, विमानको ककपिटभित्र झगडा गरेको भन्दै डिजीसिएले एकजना महिला र एकजना पुरुष पाइलटलाई पाँच वर्षसम्म उडान भर्न प्रतिबन्ध लगाएको थियो । लण्डन-मुम्बई उडानक्रममा भएको उक्त घटनापछि निजी विमान कम्पनी जेट एयरवेजले ती पाइलटहरूलाई जागीरबाट बर्खास्त गरेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending