Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

चीनले लगायो फेरि खाग र बाघको हड्डीमाथि प्रतिबन्ध

चीनले बाघको हड्डी तथा गैँडाको खागको व्यापारमाथि लगाइएको प्रतिबन्धलाई खुकलो पार्ने उसको निर्णय स्थगन गरेको जनाएको छ।

वातावरणको क्षेत्रमा काम गर्ने समूहहरूले विरोध गरेपछि चीनमा बाघको हड्डी तथा गैँडाको खागको व्यापारमाथि तत्कालका लागि फेरि प्रतिबन्ध लागेको हो। चिनियाँ अधिकारीहरूले \'अध्ययनपछि त्यस्तो कदम स्थगन गरिएको\' बताएका छन्। बाघ र गैँडा दुवैं लोपोन्मुख जंगली जनावरहरू हुन् र चीनले सन् १९९३ मा तिनीहरूको अंगको कारोबारमा प्रतिबन्ध लगाएको थियो। परम्परागत चिनियाँ उपचारका लागि बाघ र गैँडाका अंगहरू महत्त्वपूर्ण मानिन्छन्। ज्वरो, अनिद्रा र मेनिनजाइटिस्लगायतका रोगहरू जनावरका अंग प्रयोग गरी तयार पारिएका औषधिले निको पार्ने गरेको बताइने गरिन्छ तर त्यस्तो औषधिबाट हुने फाइदाहरू प्रमाणित भइसकेका छैनन्। देशको राज्य परिषद्का कार्यकारी उप महासचिवले, \'जनावरका अंग प्रयोगसम्बन्धी व्यस्थामा गरिएको परिवर्तनको कार्यान्वयनसम्बन्धी विस्तृत नियमहरू अध्ययनपछि स्थगन गरिएको\' एउटा विज्ञप्तिमार्फत् जनाएका छन्। स्थगन गर्नुको कारण वा कति समयसम्म यो कायम रहनेछ भनेर ती कार्यकारी उप-महासचिवले केही खुलाएनन् तर पुरानो प्रतिबन्ध कायमै रहने भनेका छन्। उनले भने, \"वन्यजन्तु संरक्षणका लागि चिनियाँ सरकार विगत लामो समयदेखि समर्पित छ र संरक्षणको क्षेत्रमा उसले हासिल गरेका उपलब्धिहरूलाई विश्वले मान्यता पनि दिएको छ।\" गत अक्टोबर महिनाको अन्ततिर चीनले जनावरका अंगहरूलाई वैज्ञानिक, औषधीमूलक तथा सांस्कृतिक प्रयोजनहरूका लागि प्रयोग गर्ने अनुमति दिइने घोषणा गरेको थियो। त्यतिबेला चीनले अप्रत्याशित रूपमा २५ वर्ष पुरानो त्यस्तो प्रतिबन्धलाई फुकुवा गर्दै \'विशेष परिस्थितिहरूमा ती जनावरका अंगहरू प्रयोग गर्न दिइने\' उल्लेख गरेको थियो। वन्यजन्तुको संरक्षणमा संलग्न अभियानकर्मीहरूले प्रतिबन्ध फुकुवा गर्ने निर्णय, विश्वका लोपोन्मुख बाघ तथा गैँडाको संरक्षणको प्रयासका लागि विनाशकारी हुने बताएका थिए। पछिल्लो चिनियाँ कदमले अन्तर्राष्ट्रिय प्रतिक्रियाप्रति सकारात्मक जवाफ जनाइएको संकेत गरेको विश्व वन्यजन्तु कोष- डब्ल्यूडब्ल्यूएफले बताएको छ। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending