बैतडी । बैतडीमा तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ ।
पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र ६ गाउँपालिकासहित १० स्थानीय तहमा पार्टी समायोजनको संयुक्त खाका तयार गरेको हो । ६ स्थानीय तहमा तत्कालीन एमालेले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व पाएको कार्यदलका सदस्य तथा दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । पाटन नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार, डिलाशैनी, शिवनाथ, सिगास गाउँपालिकामा तत्कालीन एमालेको नेतृत्व रहने छ । दशरथचन्द नगरपालिका, पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा तत्कालीन माओवादीले नेतृत्व लिने भएको छ । समितिको सचिवमा भने अध्यक्ष रहेको तत्कालीन पार्टीभन्दा अर्को पार्टीकोे व्यक्ति रहने पनि निर्णय भएको छ । ८१ सदस्यीय नगर कमिटी रहनेमा अध्यक्षको तत्कालीन पार्टीबाट ४२ र सचिवको तत्कालीन पार्टीबाट ३९ रहने छन् । यस्तै ७५ सदस्यीय हुने गाउँपालिकास्तरीय कमिटीमा पनि अध्यक्षको तत्कालीन पार्टीबाट ३९ तथा सचिवको तत्कालीन पार्टीबाट ३६ सदस्य रहने छन् । सात जना रहने नगरपालिकाको कार्यालय कमिटीमा तत्कालीन एमालेबाट चार तथा माओवादीबाट तीन रहने छन् भने पाँच जना रहने गाउँपालिकामा कार्यालय कमिटीमा तीन एमाले तथा दुई माओवादी केन्द्रका रहने छन् । यस्तै तीन जना रहने वडास्तरीय कार्यालय कमिटीमा पनि २–१ को भाग लगाइएको छ । पालिकास्तरीय उक्त समितिको दुई÷तीन दिनभित्रै टुङ्गो लाग्ने बताइएको छ । टुङ्गो लागेका विवरण प्रदेश कमिटीलाई सिफारिश गरिएको जनाएको छ । जिल्लाको नेतृत्वको टुङ्गो केन्द्रले लगाउने भएकाले एक हप्ताभित्रै लाग्ने जनाएको छ । बैतडीमा १३५ सदस्यीय जिल्ला कमिटी बन्नेछ । गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता घोषणा भए पनि तल्लो स्तरसम्म एकता प्रक्रिया सो दलले टुङ्ग्याउन सकेको छैन । पाँच महीना पूरा हुँदासमेत पार्टीको एकता प्रक्रिया नटुङ्गिँदा पार्टी कार्यकर्ता र नेताबीच टीकाटिप्पणी हुने गरेको छ । राससयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: