Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

कस्ताे 'नौलोअस्त्र' को परीक्षण गर्याे उत्तर काेरियाले ?

उत्तर कोरियाली नेता किम जङ-अनले \'उच्च प्रविधियुक्त\' एउटा नयाँ अस्त्रको सफल परीक्षणको सुपरिवेक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

परीक्षण गरिएको नयाँ अस्त्र कस्तो खालको हो भन्नेबारे केसीएनए समाचार संस्थाले विस्तृत विवरण चाहिँ खुलाएको छैन। लामो समयपछि अस्त्रको परीक्षण गरिएको मात्रै उसले उल्लेख गरेको छ। तर यो वर्ष जानकारीमा आएको यो पहिलो महत्त्वपूर्ण परीक्षण भएको बताइएको छ।

गत जुनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले किमसँग ऐतिहासिक शिखर बैठक गरेका थिए, जहाँ किमले पारमाणविक निरस्त्रीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाएका थिए।

निरस्त्रीकरण

शिखर बैठकमा भएको सहमतिमा उत्तर कोरियाले निरस्त्रीकरणका काम गर्ने उल्लेख छ। तर त्यसका लागि समयसीमा, विस्तृत विवरण वा प्रमाणीकरण प्रक्रियाको संयन्त्रबारे केही उल्लेख गरिएको छैन।

ट्रम्प-किमबीच दोस्रो शिखर बैठकको मिति तोक्ने विषयमा यसै हप्ता हुने भनिएको बैठक पनि हुन सकेन र सिंगापुरको ऐतिहासिक शिखर बैठकपछि प्योङयाङ र वाशिङटनबीचको सम्बन्धमा पनि तिक्तता देखिन थालेको छ।

उत्तर कोरियाली सञ्चारमाध्यमले परीक्षण गरिएको अस्त्रको प्रकृतिबारे केही खुलाएको त छैन, तर उसका क्षेप्यास्त्र अखडाको सञ्जालबारे एउटा भूपउपग्रह तस्वीरमा एउटा रिपोर्ट सार्वजनिक भएपछि पछिल्लो खबर आएको हो।

उत्तर कोरियाबाट कस्तो खालको अस्त्रको परीक्षण गरिएको हो भन्नेबारे अध्ययन गरिरहेको दक्षिण कोरियाले प्रतिक्रिया दिएको छ। धेरैले भन्ने गरेका छन्, उत्तर कोरियाले अस्त्र विकास नगर्ने र क्षेप्यास्त्र केन्द्रहरू बन्द गर्ने विषयमा कुनै सहमति जनाएको अवस्था नै होइन।

उत्तर कोरियाली सञ्चारमाध्यमले के भने?

केसीएनएले भनेको छ, \"किम जङ-अनले राष्ट्रिय प्रतिरक्षा विज्ञान प्रतिष्ठानमा उच्च प्रविधियुक्त एउटा नयाँ अस्त्र परीक्षणको अवलोकलन गर्नुभएको छ।\"

\"उच्च प्रविधियुक्त अस्त्रको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ।\" पछिल्लो परीक्षणप्रति किमले \'ठूलो सन्तुष्टि\' जाहेर गरेको केसीएनएले उल्लेख गरेको छ। बिबिसिबाट

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending