Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

डढेलो प्रभावित क्यालिफोर्नियामा डोनाल्ड ट्रम्प

अमेरिकी इतिहासकै सबैभन्दा भीषण भनिएको डढेलोले निम्त्याएको विनाशको आकलन गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प क्यालिफोर्निया पुगेका छन् ।

क्याम्प फायर नामक डढेलोका कारण कम्तीमा ७१ जनाको ज्यान गइसकेको छ । एक हजारभन्दा बढी मानिस हराइरहेका छन् र अधिकारीहरूले त्यो सङ्ख्या बढ्न सक्ने बताएका छन् । प्याराडाइज नगरमा बोल्दै राष्ट्रपति ट्रम्पले त्यस्तो दृश्य देख्न पाउँदा दुःख लागेको बताए । जङ्गलको कमजोर व्यवस्थापनका कारण यस्तो विपद्‌ निम्तिएको भनी आफ्नो दावीलाई ट्रम्पले दोहोर्‍याए । उनले भने, \"हामीले हाम्रो व्यवस्थापनमा सुधार ल्याउनुपर्ने छ र वातावरण संरक्षणवादी समूहहरूसँग मिलेर काम गर्नेछौँ, यो डढेलो सबैले हेरेको हुनुपर्छ ।\" \"मलाई लाग्छ यो हदसम्म विनाश अब हामीले फेरि हेर्नुपर्ने छैन ।\" विज्ञहरूले मौसम, जलवायु परिवर्तन लगायतलाई डढेलोको प्रमुख कारण ठहर्‍याएका छन् । प्याराडाइज नगरमा ट्रम्पले कानून कार्यान्वयन गराउने स्थानीय निकाय, राजनीतिज्ञ र खोजी कार्यमा संलग्नहरूको प्रशंसा गरे । उनले भने, \"यो हेर्नुपर्दा निकै दुःख लागेको छ। अहिले हामीले नराम्ररी घाइते भएका मानिसहरूको हेरचार गर्न चाहेका छौँ ।\" प्याराडाइज नगरमा थप शवहरू भेटिएपछि डढेलोमा परी ज्यान गुमाउनेको सङ्ख्या शुक्रवार ७१ पुगेको हो । डढेलोबाट प्याराडाइज नगर लगभग ध्वस्त भएको छ र अधिकारीहरूले पूर्ण रूपमा पुनर्निर्माणको आवश्यकता रहेको बताएका छन् । क्याम्प फायर शुरू भएको आठौँ दिन पुगिसक्दा सुरक्षाकर्मी र तालिम प्राप्त कुकुरहरूले फरेन्सिक टोलीलाई शव खोज्न सघाइरहेका छन् । क्याम्प फायर करिब ५० प्रतिशत नियन्त्रणमा आइसकेको छ। यद्यपि अधिकारीहरूले पूर्ण रूपमा नियन्त्रणमा आउन यो महिनाको अन्त्यसम्म लाग्न सक्ने बताएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending