Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

ट्रम्पले भने-खशोग्जी हत्या प्रकरणपछि पनि 'साउदी र अमेरिका असल मित्र'

[caption id=\"attachment_216419\" align=\"alignleft\" width=\"850\"]\"\" सीआर्इएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खशोग्जीको हत्या गर्न निर्देशन गरेको विश्वास गर्छ।[/caption]

साउदी पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणपछि सबैतिरबाट आलोचना खेपिरहरेको साउदी अरेबियासँगको रणनीतिक सम्बन्ध त्यसपछि पनि बलियो नै रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

उनले साउदी राजकुमार मोहम्मद बिन सलमानलाई पत्रकार खशोग्जीको हत्याबारे \'राम्रो जानकारी\' हुन सक्ने बताएका छन्। तर आफ्नो सम्बन्ध साउदी अरेबिया राज्यसँग भएको ट्रम्पले बताए। पत्रकार खशोग्जीको हत्या अक्टोवर २ मा साउदी वाणिज्य दूतावासभित्र भएको थियो। साउदी अरेबियाले सो हत्यामा \"दुश्ट एजेन्टको हात\" रहेको बताउँदै साउदी राजकुमारलाई सो घट्नाबारे जानकारी छ भन्ने दाबी अस्वीकार गरेको छ। अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआर्इएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खशोग्जीको हत्या गर्न निर्देशन गरेको विश्वास गर्छ। राष्ट्रपति ट्रम्पले जारी गरेको बक्तव्यमा भनिएको छ साउदी राजकुमारलाई खशोग्जी हत्याबारे \'राम्रो जानकारी\' भएको हुन सक्छ। तर त्यो हुन पनि सक्छ नहुन पनि सक्छ। मंगलबार फेरी राष्ट्रपति ट्रम्पले अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआर्इएले पत्रकार खशोग्जीको हत्याबारे शतप्रतिशत ठोकुवा नगरेको बताएका छन्। उनले पत्रकार खशोग्जीको हत्याको योजना र हत्याबारे वास्तविक जानकारी कहिल्यै वाहिर नआउन पनि सक्छ भनेका छन्। उनले सो अपराधलाई माफ गरेको नभइ विश्वलाई एउटा खतरनाक ठाउँ र त्यसमा अमेरिकाको चासोलाई प्राथमिकता दिएको बताए। उनले भने, \"साउदी अरेबियाले अमेरिकाबाट अर्बौँ डलर मूल्य बराबरका सैन्य सामग्रीहरू खरिद गरिरहेको छ। मैले साउदी अरेबियासँग व्यापार गर्नु छैन भनिदिँए भने उसले रुस वा चीनबाट ती सामाग्री किन्नेछ\" लडाइँहरूमा अमेरिकालाई बलियो साथ दिँदै आएको साउदी अरेबियाले अमेरिकामा अरबौँ डलर लगानी गर्ने सहमति जनाएको राष्ट्रपति ट्रम्पले बताए। उनले टर्कीले उपलब्ध गराएको हत्याको अडियो सामग्री पीडादायी र सुन्नै नसकिने भनी टिप्पणी गरेका थिए। ट्रम्पलाई साउदीको सच्चा साथी मान्दै आएको साउदी अरेबिया विशेषगरी त्यहाँका नेताहरुले ट्रम्पको यस्तो अभिव्यक्तिपछि राहत महसुस गर्ने ठानिएको छ। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending