Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

अमेरिकाको नाइटक्लब शौचालयमा हिन्दू देवीदेवताका चित्र

अमेरिकाको न्यूयोर्कस्थित \'हाउस अफ एस\' नामक नाइटक्लबमा हिन्दू देवीदेवताका चित्रहरू राखिएको विषय सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको छ।

ती चित्रप्रति अमेरिकाको ओहायो राज्यमा बस्ने भारतीय मूलकी एक अमेरिकी महिला अंकिता मिश्राले आपत्ति जनाएकी हुन्। मिश्राले आफ्नो इन्स्टाग्राम पोस्ट र ब्लगमा यस विषयमा लेखेकी छन्। उनले शौचालयको तस्बिर र भिडियो पनि प्रेषित गरेकी छन्। ती महिलाले ब्राउनगर्ल नामक एउटा साइटमा प्रकाशित ब्लगमा सो विषयबारे विस्तृतमा रूपमा लेखेकी छन्। मिश्राका अनुसार उनी गत महिना सो नाइटक्लबमा गएकी थिइन्।आफ्ना साथीहरूले महँगा खानेकुरा मगाएकाले उनले त्यहाँको भीआईपी बाथरुम प्रयोग गर्ने अवसर पाएकी थिइन्। पहिला शौचालयको भित्ताका भएका चित्रमा आफ्नो ध्यान नपुगेको भए पनि ट्वाइलेट पेपर निकाल्न लाग्दा महादेवको चित्र देखेको उनी बताउँछिन्। त्यसपछि चारैतिर हेर्दा अन्य देवीदेवताका तस्बिर चारैतिर देखेर आफू छक्क परेको उनले लेखेकी छन्। त्यहाँ गणेश, सरस्वती, काली र शिवका तस्बिरहरू राखिएका थिए।
उनले ब्लगमा लेखेकी छन्, \"एक तरिकाले म मन्दिरमा थिएँ, तर सबै कुरा उल्टो थियो। मैले जुत्ता लगाएकी थिएँ र म थुकिरहेकी थिएँ…।\" आफूले यस्तो परिस्थिति पहिला पनि भोगेको भन्दै उनले यस विषयलाई \'उपनिवेशवाद\' सँग जोड्न खोजेकी छन्। उनी लेख्छिन्, \"म रुबिन म्यूजियम अफ आर्टमा शिक्षिका थिएँ जहाँ मेरो सांस्कृतिक पृष्ठभूमिका कारण ममाथि व्यङ्ग्य गरिन्थ्यो। तर यो घटना मैले बेवास्ता गर्न सकिनँ।\" उनले सामाजिक सञ्जालमा पनि यसबारे लेखिन् र अन्तमा नाइटक्लबलाई इमेल लेखेर यसमा आफ्नो असन्तुष्टि व्यक्त गरिन्। गत महिना पठाइएको इमेलमा उनले \"सार्वजनिक स्थानमा शान्ति कायम रहोस् भनेर आफू मौन रहने गरेको भए पनि फेसबुक र इन्स्टाग्राममा यसबारे आफ्नो अनुभव लेखेपछि म तपाईँहरूसँग सीधै कुरा गर्न चाहन्छु\" लेखेकी थिइन्। अंकिता मिश्राले गुनासो गरेपछि सो क्लबले क्षमायाचना गरेको छ। एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending