Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

के प्रचण्डमाथि खुकुरी प्रहार भएको हो ? यसो भन्छ सचिवालय

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि खुकुरी प्रहार भएको हल्ला कुप्रचार मात्रै भएको सचिवालयले जनाएको छ । गृह जिल्ला चितवनमा गएको बेला अध्यक्ष प्रचण्डमाथि खुकुरी प्रहारको प्रयासको कुरा सामाजिक सञ्जालमा फैलिएको थियो । प्रचण्डसँगै चितवन रहेका नीजि सचिव जोखबहादुर महराले अध्यक्षलाई बदनाम गर्न, भ्रम छर्न र कुप्रचार गर्न यसप्रकारको हल्ला फैलाइएको प्रतिक्रिया दिए । “आलोचना गर्न केही नपाएर अब यस्तो कुप्रचार पनि गर्न थाले । उनले भने, “जिल्लाका सबै सुरक्षा प्रमुख सँगै भएको अवस्थामा कहाँ कसले कसरी त्यस्तो गर्यो भन्ने कुनै प्रमाण नभइकन यो दुष्प्रचार गरिएको मात्रै हो ।” महराले पछिल्लो समयमा अध्यक्षमाथि बिभिन्न कोणबाट अनर्गल प्रचार भएकोमा आपत्ति व्यक्त गर्दै भने, “कुनै प्रमाण बिना, कुनै तथ्य नभर्इ यस्ता प्रचारले समाजलाई आतंकित पार्न खोज्ने तत्वको षडयन्त्र मात्रै हो । यस्तामाथि कारवाहि गर्नुपर्छ कि पर्दैन ?” महराले संवेदनशील विषयमा सत्यतथ्य बुझेर मात्रै समाजमा सूचना सुसुचित गर्न समेत अनुरोध गरे ।   [caption id=\"attachment_216654\" align=\"alignnone\" width=\"850\"]\"\" मिर्मिरे अनलाइनले प्रचण्डमाथि खुकुरी अाक्रमण भएको समाचार प्रकाशित गरेको थियो ।[/caption] अध्यक्ष प्रचण्ड दुई दिने भ्रमणमा गृह जिल्ला चितवन पुगेका छन् । चितवनमा उनले स्थानीय संघसंस्थाले आयोजना गरेका बिभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए । अध्यक्ष प्रचण्ड आजै चितवनबाट स्थायी समितिको बैठकमा भाग लिन काठमाडौं अाइसकेका छन् । चितवनमा अत्यधिक मतले विजयी प्रचण्डका बारेमा सामाजिक सञ्जालमा कसले यस्तो हल्ला फैलायो भन्ने कुराको खोजि भइरहेको सुरक्षा श्रोतले जनाएको छ । “जथाभावी कुप्रचार गर्नेको खोजी अनुसन्धान शुरु गरेका छौं ।” सुरक्षा श्रोतले भन्यो, “भ्रम छरेर कसैलाई बदनाम गर्न खोज्ने तत्वहरुमाथि कडा कार्वाही हुन्छ ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending