Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

यी हुन् डडेल्धुरा दुर्घटनामा ज्यान गुमाउनेहरू (नामावली)

डोटी । डडेल्धुरा–डोटी जोड्ने डा केआई सिंह राजमार्गको रडुवा खोलामा विहीबार साँझ भएको डोटीको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कूलको बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत सनाखत भएको छ । ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक गणेश नागारीले दिएको जानकारीअनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका–२ का २१ वर्षीय केशव कडायत, सोही नगरपालिका–१० की २० वर्षीया शारदा कडायत, डोटी शिखर नगरपालिका–७ का २२ वर्षीय योगेन्द्र बोहरा, सोही नगरपालिका–७ का २४ वर्षीय शङ्कर जोरा, सोही नगरपालिका–८ की २२ वर्षीया शारदा रावत, कैलाली धनगढी उप–महानगरपालिका–२८ का नारायण चौधरी, डोटीको दिपायल सिलगढी नगरपालिका–४ की ३५ वर्षीया शशी विक, सोही नगरपालिका–११ की २५ वर्षीया गोदा भाट, सोही नगरपालिका–८ का ४० वर्षीय कैलाश रावल, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावलको सनाखत भएको छ । त्यसैगरी डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका–१० का रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा–३ का ३० वर्षीया माया रावल, कैलाली गोदावरी–१० का पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउपालिका ३ का १७ वर्षीय तीलक खाती, सोही ठाउँका ३० वर्षीय तेज धामी, डोटी शिखर नगरपालिका–१० का १५ वर्षीय सागर बलायर, सोही नगरपालिका–११ का २४ वर्षीय पदम विकको मृत्यु भएको हो । ज्यान गुमाएकाहरुको पोष्टमार्टम डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा गरिने तयारी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए । उक्त बस दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । डोटीको शिखर नगरपालिका बानीडुग्री सैनस्थित पिसजोन एकेडेमी स्कुलको बस अमरगढी नगरपालिकास्थित उग्रतारा मेलाबाट फर्किँदा दुर्घटनामा परेको हो । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका ११ जनालाई थप उपचारका लागि कैलालीतर्फ पठाइएको छ । दुईलाई डिस्चार्ज गरिएको छ भने अन्य १३ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । स्कूलका सञ्चालक भीम बलायरले परिवारसहित स्कूलका अन्य संस्थापक लिएर मेला हेर्न गएको र फर्किने क्रममा स्याउलेभन्दा तलपट्टिबाट यात्रु समेत बोकेर गएको भन्ने बुझिएको ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रहरी नायब निरीक्षक गणेश नागारीले जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending