काठमाडौं । झण्डै १ करोड लागतमा चलचित्र ‘आरुसी’ निर्माण हुने भएको छ । गणपति फिल्मस्का लागि उदय सुब्बाको निर्देशनमा निर्माण हुन लागेको यस चलचित्र यहि मंसिर १५ गते सुटिङ फ्लोर जादैछ । त्रिकोणात्मक प्रेमकथामा आधारित भनिएको यस चलचित्रमा इशक राईले हिरोको रुपमा डेव्यु गर्दैछन् । साहारा प्रधान, बिरु गुरुङ र केशव कुमार श्रेष्ठको संयुक्त लगानीमा यो चलचित्र निर्माण हुन लागेको हो । पेशाले यि तिनै जना व्यापार व्यवसायमा संलग्न छन् ।
फिल्मको सम्पूर्ण छायांकन ४० दिनमा सक्ने गरी टिम मोफसल निस्कन लागेको निर्देशक उदय सुब्बाले जानकारी दिए । यो फिल्मको झापा, इलाम, तिर्थुङ, ताप्लेजुङ र सङ्खुवासभा लगायतका स्थानमा छायांकन गरिनेछ । फिल्मको शीर्ष रोलमा नयाँ अनुहारलाई राखिने भएको छ । निर्देशक सुब्बाले कलाकारको विषयमा अगाडि थप्दै भने, ‘अहिले फिल्म मार्केटमा पुराना कलाकारको विकल्पको रुपमा नयाँ कलाकार देखिएका छन् ।
नयाँ कलाकार राखेसि केही नयाँपन उनीहरुले दिन सक्छन् । यो समयको माग हो । जसरी अनमोल केसी, प्रदीप खड्का र पल शाह जस्ता नयाँ कलाकारले अहिले मार्केट लिएका छन् त्यसरी नै आरुसीमा पनि अब्बल क्षमता भएका नयाँ कलाकारले स्थान पाउनेछन् ।’ उदयले ३ वर्ष पहिले ‘रेफ्युजी’ दर्शकमाझ दिएका थिए ।
चलचित्रमा इशक राई, रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, कला राई, दमन रुपाखेती, बिरु गुरुङ, भूपेन्द्र लिङ्देन लगायतका कलाकारको अभिनय रहनेछ । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहने यस फिल्मलाई विक्रम डिसीले खिच्नेछन् ।
बिरु गुरुङको कथा, तारा थापा किम्भेको सम्पादन, राजु किरातीको द्धन्द तथा विकास चौधरी र तारा प्रकाश लिम्बुको संगीत चलचित्रमा रहनेछ । कमल राई र दिनेश पाख्रिनको नृत्य निर्देशन रहने यस फिल्मको गीतमा राजेश पायल राई, दिपक लिम्बु, सुशन लिम्बु र सुम्निमा इङ्नामको स्वर सुन्न सकिन्छ । फिल्मको तीन वटा गीत रेकर्ड गरिसकिएको छ । आगामी नयाँ वर्ष अर्थात २०७६ सालको वैशाख १ मा ‘आरुसी’ प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: