Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

ब्रेक्जिट सम्झौता युरोपेली नेताद्वारा पारित

यूरोपेली संघ- ईयूबाट ब्रिटेन बाहिरिने ब्रेक्जिटसम्बन्धी सम्झौतालाई सबैभन्दा उत्तम तथा एकमात्र सम्भव सम्झौता भन्दै यूरोपेली नेताहरूको सम्झौता पारित गरेका छन्।

२० महिना लामो छलफलहरूपश्चात् २७ ईयू देशका नेताहरूको आइतवारको बैठकले एक घण्टाभन्दा पनि कम समयमै सो सम्झौता अनुमोदन गरेका हुन्। सन् २०१९ को मार्च २९ मा ब्रिटेन औपचारिक रुपमा ईयूबाट बाहिरिदैँछ। ईयूका नेताहरूले सो सम्झौताले ईयूबाट ब्रिटेनको सहज बहिर्गमनको बाटो खोलेको बताएको छन्। अब उक्त सम्झौतालाई ब्रिटेनको संसद्ले पारित गर्नुपर्ने हुन्छ। डिसेम्बर महिनाको सुरुवातताका ब्रिटेनको संसद्ले सम्झौतामाथि मतदान गर्ने अनुमान गरिएको छ। तर अहिलेसम्मको अवस्था हेर्दा त्यहाँको संसद्ले सो सम्झौता पारित गर्ने देखिएको छैन। लेबर, लिबरल डेमोक्याट्स, स्कटिश न्याश्नल पार्टी, डेमोक्र्याटिक युनियनिस्ट पार्टी र धेरैजसो अनुदारवादी सांसद्हरूले सम्झौताको विरुद्धमा मतदान गर्ने ठानिएको छ। प्रधानमन्त्री टरिजा मेले उनकै शब्दमा सो सम्झौता ब्रिटिश जनताको पक्षमा रहेको र त्यसले ब्रिटेनलाई समृद्ध भविष्यको मार्गतर्फ डोर्‍याउने बताइन्। ब्रसल्समा बोल्दै मेले ईयूमा रहने पक्षमा र ईयूमा नरहने पक्षमा मतदान गरेका सबैलाई एकताबद्ध हुन आह्वान गर्दै \'ब्रिटिश जनताले ब्रेक्जिट बारे वादविवाद गरेर थप समय खर्च गर्न नचाहेको\'मा जोड दिइन्। यूरोपेली आयोगका अध्यक्ष जाँ क्लोड युंकरले ब्रिटेनमा कसैले सो सम्झौता अस्वीकार गरे अझ राम्रो सम्झौताको प्रस्ताव राखिने भनेर ठानेमा त्यो गलत साबित हुने बताएका छन्। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies