Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

भूकम्पले कुन–कुन क्षेत्रको भूगोलमा गरिदियो परिवर्तन ?

काठमाडौँ, नापी विभागले भूकम्पका कारण काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रका भौगोलिक अवस्थामा परिवर्तन आएको जनाएको छ । विभागले वैशाख १२ गते गएको भूकम्प र त्यसपछि गएका शक्तिशाली परकम्पले पु¥याएको प्रभावका बारेमा गरेको अनुसन्धानले जमिनमा फेरबदल आएको पाएको हो । विभागले काठमाडौँ उपत्यकाका नगरकोट, लाखेडाँडा, स्वयम्भू र फुल्चोकी तथा नुवाकोटको कुमरीडाँडामा अध्ययन गरेको थियो । सोअनुसार नगरकोटमा १.८२ मि, फुल्चोकीमा ०.९२ मि, लाखेडाँडामा ०.९९ मि, स्वयम्भूमा १.६४ र कुमरीडाँडामा १.७१ मि दक्षिण पश्चिम दिशामा परिवर्तन भएको विभागले जनाइएको छ । अमेरिकाको कोलोराडो विश्वविद्यालयको सहयोगमा विभागले ‘गोरखा भूकम्प’ बाट सरेको भनिएको जग्गा नापीलाई जारी राखेको सूचना अधिकृत अनिल मरासिनीले जानकारी दिए । उनले भने – ‘भूकम्प गएको केही दिनमा भूकम्पले क्षति पु¥याएका विभिन्न पाँच ठाउँको अध्ययन ग¥यौँ, अहिले अमेरिकाको विश्वविद्यालयको सहयोगमा देशभरका मुख्य २५ स्थानको अध्ययन गर्न लागेका छौँ ।’ उनका अनुसार ‘ग्लोबल पोजिसनिङ सिस्टम’ बाट भूकम्प नगएका हङकङ, ल्हासा, बैंलोर, हैदराबाद, कजकस्थान, ओमान, मङ्गोलियालगायत १३ स्थानबाट नेपालको अध्ययन गरिएको थियो । विभागले विभिन्न सङ्घसंस्थाका सहयोगमा भूकम्प प्रभावितमध्ये १७ जिल्लामा भएको क्षतिको यकिन तथ्याङ्क सङ्कलन गरी वेबसाइटमा राख्ने काम गरेको महानिर्देशक मधुसूदन अधिकारीले जानकारी दिए । उनले भने – ‘भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार गर्न सजिलो होस् भन्नका लागि वेबसाइट हेरेर प्रभावित क्षेत्रमा जान मिल्ने गरेर नक्सा तयार गरेका छौँ ।’ नक्सा सर्भेक्षणका लागि चाहिने आधारभूत वस्तु खरिद गर्नका लागि व्यवस्थापिका–संसद्को समितिमा जानकारी गराइसकिएको अधिकारीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending