Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

भारतीय विमानमा 'आतङ्कवादी ठट्टा' गर्ने पक्राउ

भारतमा आन्तरिक उडानमा रहेको एउटा विमानमा खिचेको आफ्नो तस्बिरमा \'आतङ्कवादी\' शब्द लेख्ने एक यात्रुलाई विमानबाट निकालेर पक्राउ गरिएको छ। योगवेदान्त पोद्दार नामक ती व्यक्तिले रुमालले आधा छोपेको आफ्नो अनुहारको तस्बिर प्रेषित गर्दा \'उडानमा आतङ्कवादी, म महिलाहरूको हृदय ध्वस्त पार्छु\' भन्ने आशयको वाक्य लेखेका थिए।

जेट एअरवेजको सो विमान कोलकाताबाट मुम्बई उड्न लागेको थियो। विमानमा रहेका अर्का यात्रुले त्यो तस्बिर देखेपछि चालक दललाई सूचित गरेका थिए। पोद्दारले त्यो तस्बिर स्न्याप्च्याटबाट आफ्ना साथीलाई पठाउन लागेको प्रहरीले जनाएको छ। सूचना पाएपछि चालकले विमानलाई धावनमार्गतिर नलगी फर्काएका थिए। त्यसपछि सुरक्षाकर्मीले ती यात्रुलाई हिरासतमा लिएका थिए।

बीस वर्षको छेकोमा भएका ती व्यक्तिलाई विमानभित्र सुरक्षाव्यवस्थालाई चुनौती पुग्ने खालको भाषा प्रयोग गरेर \'उपद्र्‌याहा गतिविधि\' गरेकाले समातिएको विमानस्थलले एउटा विज्ञप्तिमा जनाएको छ। योगवेदान्त पोद्दारले ठट्टा गर्न खोजेको उनका बुवाले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्। सो उडानमा सय जनाभन्दा बढी मानिस चढेका थिए। घटनाका कारण उडान नियमित समयभन्दा डेढ घण्टा ढिलो उडेको थियो। बिबिसिबाट

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE