Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

शे-फोक्सुण्डो र राराको जल लिएर काठमाडौं फर्किए उपराष्ट्रपति (फोटोफिचर)

काठमाडौं । ‘कर्णाली रारा पर्यटन वर्ष–२०७५’ चल्दै गर्दा कर्णाली प्रदेश सरकारको आमन्त्रणमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शे–फोक्सुण्डो ताल र रारा लगायतका पर्यटकीय क्षेत्र प्रवद्र्धन कार्यक्रममा भाग लिएका छन् । उनले दुई दिने कर्णाली भ्रमणको क्रममा विभिन्न कार्यक्रमलाई संबोधन गर्दै कर्णालीको समृद्धिको लागि पर्यटन प्रवद्धर्न गर्नुपर्ने बताए ।
उपराष्ट्रपति पुनले बुधबार विहान डोल्पाको शे–फोक्सुण्डो तालको किनारामा आयोजित शे–फोक्सुण्डो पर्यटन प्रवद्र्धन कार्यक्रमलाई संबोधन गरे । कार्यक्रममा उनले शे–फोक्सुण्डो स्वर्गको परी भएको भन्दै भ्रमणका लागि सबैलाई अपिल गरे । ‘कर्णाली गरिब होइन धनी प्रदेश हो । आजको दुनियाँमा जोसँग प्राकृतिक स्रोत साधन छ, ऊ नै धनी हो’, उनले भने, ‘कर्णाली धनी छ । स्वर्गको परी जस्तो शे–फोक्सोण्डो यहीं छ । सबैसम्म यसको सबैले भ्रमण गर्नुपर्दछ ।’
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रारा कर्णाली पर्यटन वर्षले कर्णालीको पर्यटन प्रवद्र्धन हुने बताए । ‘अब कर्णालीलाई सबैले चिन्नेछन् । सबैको ध्यान कर्णालीमा केन्द्रित हुनेछन् । यहाँको भ्रमण गर्नेछन्,’ उनले भने, ‘कर्णालीलाई धेरैले अझै पिछडिएको, गरिब प्रदेश भनेर चिन्छन्, तर अब हामी पर्यटन विकासका माध्यामबाट कर्णालीलाई समृद्ध बनाउन चाहन्छौँ ।’
कर्णाली भ्रमणको क्रममा मंगलबार साँझ मुगुको रारामा नेपाी सेनाको व्यारेकमा बसेका उपराष्ट्रपति पुनले अपरान्ह कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको स्कूल अफ नर्सिङ अन्तर्गत स्नातक तह मिडआईफेरी र त्रिभुवन माध्यामिक विद्यालय झारजुवालाले सुरु गरेको आईएस्सी एजि कार्यक्रमको उद्घाटन गरेका थिए ।
कर्णालीमा आयोजित कार्यक्रमहरुलाई संबोधन गर्दै उनले समृद्ध नेपाल बन्नका लागि समृद्ध कर्णाली बन्नुपर्ने बताए । उनले कर्णालीको समृद्धिको आधार कृषि, पर्यटन र जडिबुटी भएको बताउँदै त्यसको प्रवद्र्धनमा विकास गर्नुपर्नेमा जोड दिए  ।
उपराष्ट्रपतिको भ्रमण टोलीमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रतिनिधिसभा सदस्य सत्य पहाडी, कर्णाली प्रदेशका कानून तथा आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, पर्यटनमन्त्री नन्दसिं बुढा सहभागी थिए । कर्णाली भ्रमणको क्रममा बुधबार विहान शे–फोक्सुण्डोको जललाई शीरमा चढाएका उपराष्ट्रपति शे–फोक्सुण्डो र राराको जल लिएर काठमाडौं फर्किएका छन् । उनी कर्णाली प्रदेशको भ्रमणको लागि मंगलबार विहान जुम्ला प्रस्थान गरेका थिए ।
\"\"
\"\"
\"\"
\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending