Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

जिन सम्पादनको दाबी गर्ने चिनियाँ वैज्ञानिकको भनाइ के छ ?

संसारमा पहिलोचोटि जिन सम्पादन गरेर बच्चा विकसित गरेको दाबी गर्ने एक चिनियाँ वैज्ञानिकले आफ्नो कार्यको प्रतिरक्षा गरेका छन्।

हङ्‌कङमा आयोजित जिनोम सम्मेलनमा बोल्दै प्राध्यापक ख जिएन्क्वेले एचआईभी लाग्न नसक्नेगरी दुई जुम्ल्याहा बालिकाको जिन सम्पादन गरेकोमा आफूलाई \'गर्व\' लागेको बताएका छन्। उनले केही दिनअघि घोषणा गरेको उक्त कार्यको स्वतन्त्र पुष्टि भने भइसकेको छैन। धेरै वैज्ञानिकले उनको त्यस्तो घोषणाको निन्दा गरेका छन्। एक जनाले त त्यसलाई \'दानवीय\' कार्य भनेका छन्। अधिकांश देशमा जिन सम्पादन अर्थात् मानव वंशाणुमा परिवर्तन गरी परीक्षण गर्ने कार्य प्रतिबन्धित छ। प्राध्यापक ख कार्यरत चीनको शन्जनस्थित सदर्न युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजीले त्यस्तो अनुसन्धान परियोजनाबारे आफूलाई थाहा नभएको र यस विषयमा छानविन गर्ने बताएको छ। प्राध्यापक खले पनि आफूले विश्वविद्यालयलाई सो कामबारे जानकारी नदिएको र आफैले त्यसका लागि खर्च जुटाएको दाबी गरेका छन्।

उनले के दाबी गरेका छन् ?

जुम्ल्याहा बालिकामा एचआईभी सङ्क्रमण नहुने गुण विकसित हुने गरी तिनको भ्रूणमा डीएनए परिवर्तन गरिएको दाबी ती वैज्ञानिकले गरेका थिए। विवाद सिर्जना भएको केही दिनपछि युनिभर्सिटी अफ हङ्‌कङमा आयोजित \'ह्युमन जिनोम एडटिङ समिट\' मा बुधवार उनले पहिलोचोटि बोलेका थिए। उनका अनुसार लुलु र नाना नाम राखिएका ती बालिकाहरू सामान्य रूपमै जन्मिएका थिए र अहिले स्वस्थ छन्। उनीहरूलाई १८ वर्षसम्म निगरानीमा राख्ने योजना भएको उनले सुनाए। एचआईभीको सङ्क्रमण भएका पिता र नभएका आमा सहितका आठवटा दम्पती स्वैच्छिक रूपमा त्यो प्रयोगका लागि तयार भएको उनको भनाइ छ। तर पछि एउटा दम्पती भने सहभागी भएनन्। आफ्नो अनुसन्धान एउटा वैज्ञानिक जर्नलमा प्रकाशित गर्न पठाइएको दाबी उनले गरेका छन्। उनका अनुसार सम्पादित जिन अर्थात् फेरिएको वंशाणुयुक्त भ्रूण भएको अर्को एउटा गर्भ प्रारम्भिक चरणमा रहेको छ।

विवाद किन ?

खले आफूले जिन सम्पादन गर्न प्रयोग गरेको दाबी गरेको \'क्रिस्पर\' नामक टुल सन् २०१२ मा विकसित गरिएको थियो। यो प्रक्रियाअनुसार \'मलेक्युलर सिजर्ज\' अर्थात् \'आणविक कैँची\' प्रयोग गरेर डीएनएको निर्दिष्ट त्यान्द्रो काटी त्यसको स्थानमा अर्को टुक्रा राखिदिएर अथवा केही मिलाएर परिवर्तन गर्न सकिन्छ। जिन सम्पादनबाट भ्रूणमा समस्याग्रस्त भाग काटेर वा फेरेर वंशानुगत रोग रोक्न सकिन्छ। तर भ्रूणको जिनोममा हेरफेर गर्दा जन्मिने बच्चा मात्र नभएर तिनका सन्ततिमा पनि त्यस्तो परिवर्तन गरिएका वंशाणुहरू सर्ने भनेर विज्ञहरूले चिन्ता प्रकट गरेका छन्। त्यसैले वैज्ञानिकहरूले प्राध्यापक खको घोषणाको आलोचना गरेका छन्। सयौँ चिनियाँ वैज्ञानिकहरूले खको अनुसन्धानको निन्दा गर्दै र आफूहरू त्यसको विपक्षमा रहेको जनाउँदै हस्ताक्षर गरेर एउटा पत्र सामाजिक सञ्जालमा प्रेषित गरेका छन्। युनिभर्सिटी अफ अक्स्फोर्डमा कार्यरत एथिक्स अर्थात् नैतिक मूल्यमान्यताका विशेषज्ञ जुलियन स्याभलेस्कू भन्छन्, \"यदि सत्य हो भने यो प्रयोग दानवीय छ। जिन सम्पादन आफैँमा प्रयोगात्मक छ र अझै पनि यससँग अनपेक्षित म्युटेशन (आनुवंशिक विकृति) जोडिन्छन्।\" उनका अनुसार कृत्रिम रूपमा जिन सम्पादन गर्दा क्यान्सरलगायत अन्य आनुवंशिक समस्या उत्पन्न हुनसक्छ। धेरै देशमा प्रजननका लागि मानिसमा जिन सम्पादन गर्न पाइँदैन। कृत्रिम गर्भाधान गराउन तयार पारिएको भए पनि पछि परित्याग गरिएका भ्रूणमा वैज्ञानिकहरूले जिन सम्पादनको प्रयोग गर्न पाउँछन्। तर तिनबाट बच्चा विकास नगराई तुरुन्तै नाश गर्नु पर्छ। बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending