Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

अनुहार प्रत्यारोपण: जब उनको मुस्कुराहट फेरि फर्क्यो

आत्महत्या गर्न आफैले आफैलाई गोली हान्दा क्यामरन अन्डरवुडले नाक, चिउँडोको सबैजसो भाग र एउटा बाहेक सबै दाँत पनि गुमाए।

त्यसको दुई वर्षपछि बोल्दै उनले भने, \"मेरो नाक छ, मुख छ, म मुस्कुराउन सक्छु, बोल्न सक्छु र ठोस पदार्थ खान सक्छु।\" क्यामरन २६ वर्षका छन्। न्यूयोर्कमा बोल्दै उनले भने, \"अनुहार प्रत्यारोपण गर्न पाउँदा म असाध्यै आभारी छु यसले मलाई जिउने दोश्रो मौका दिएको छ।\" [caption id=\"attachment_218747\" align=\"alignleft\" width=\"850\"]\"\" क्यामरन(दायाँ) सन २०१६को नयाँ वर्षका दिन परिवारसँग[/caption] यसै वर्षको जनवरी महिनामा न्यूयोर्क विश्वविद्यालयको ल्याङ्ग्वान हेल्थ सेन्टर म्यानहटन न्यू योर्कमा १०० जना स्वास्थ्यकर्मीहरूले २५ घण्टा लगाएर क्यामरनको अनुहार प्रत्यारोपण गरेका थिए। उनको स्वास्थ्य अवस्थाबारे गत हप्ता मात्र सावर्जनिक गरिएको थियो। क्यामरनले आत्महत्या प्रयास गरेको १८ महिनापछि शल्यक्रिया गरिएको थियो। बाहिर घुम्न, खेल्न, साथीभाइ र परिवारसँग समय बिताउन उनलाई असाध्यै मन पर्छ। ती सबै काम अहिले गर्न पाएको बताउँदै उनले भने, \"म छिटै काममा फर्कने आशामा छु र कुनै दिन परिवार बसाउन सक्छु।\" पहिलोपटक सन २००५ मा अनुहार प्रत्यारोपण गरिएपछि अहिलेसम्म विश्वभर गरी ४० शल्यक्रिया सम्पन्न भइसकेको छ। [caption id=\"attachment_218748\" align=\"alignleft\" width=\"850\"]\"\" दाता वीलकी आमा स्याली फिशरले क्यामरनलाई अङ्ग दान गर्न नपाएको भए आफूलाई बाँच्न कठीन हुने बताएकी थिइन्[/caption] शल्यक्रियाको नेतृत्व गरेका डा. एडवार्डो डी. रोड्रिगेज भन्छन्, \"स्वास्थ्य क्षेत्रमा भएको विकास मात्रैले होइन क्यामरनको बलियो इच्छाशक्तिले शल्यक्रिया सफल भएको हो। उपचारको सफलता त बिरामीमै निहित छ। क्यामरनले कटिबद्ध भएर गर्नुपर्ने काम सबै गरे।\" अमेरिकी इतिहासमा घाइते भएको छोटो समयमै अनुहार प्रत्यारोपण गरेको यो पहिलो अवसर भएको बताइएको छ। डा. रोड्रिगेजले भने, \"त्यसका कारण क्यामरनले मानसिक समस्याका कुराहरू लामो समय भोग्नु परेन। त्यस्ता कुराहरू लामो समय भोग्नुपरे मानिस गम्भिर मानसिक अवसादमा पुग्न सक्छ र अन्य घातक व्यवहार पनि गर्न सक्छ।\" शल्यक्रियाका बेला डाक्टरहरूले उनका ३२ वटै दाँत, चिउँडो र माथिल्लो भाग पुनर्स्थापित गरेका थिए। उनको मुखको तल्लो र माथिल्लो भित्ता आँखाको तल्लो भाग र नाकहरू नयाँ बनाइएको थियो। जिब्रो पनि बनाइएको थियो। [caption id=\"attachment_218749\" align=\"alignleft\" width=\"850\"]\"\" वीलले अङ्ग दान गर्ने इच्छा दर्ता गराएका थिए[/caption] केन्द्रका अनुसार शल्यक्रिया अनुहार प्रत्यारोपणको पछिल्लो विकसित प्रविधि प्रयोग गरेर बनाइएको थियो। पहिलोपटक अनुहार ३ डी प्रविधि प्रयोग गरेर दाताको अनुहारको उपयोग गरिएको थियो। दाता २३ वर्षीय उदीयमान लेखक, फिल्म निर्माता र चेस च्याम्पियन वील फिशर थिए। वीलकी आमा स्यालीले भनिन्, \"मेरो छोराको दु:खदायी निधन भयो। उसको निर्णयको सम्मान गर्दै हामीले अरुलाई जीवन दिन सफल भएकोमा धन्य छु। वील र डाक्टर रोड्रिगेजले क्यामरन र उनको परिवारलाई उनीहरूको सपना पुन: पुरा गर्ने मौका दिएका छन्।\" \"यसले मलाई असाध्यै कठीन समयमा पनि शक्ति दिएको छ। क्यामरनलाई दिन नपाएको भए मैले छोराको मृत्यु सहन सक्ने थिइन कि जस्तो लाग्छ- मेरो छोराले क्यामरनलाई राम्रो जीवनका लागि सहयोग गर्‍यो भन्ने सोच्न पाउँदा मलाई खुशी लागेको छ।\" क्यामरनले अस्पतालको प्रेस सम्मेलनका बेला वील र फिशर परिवारप्रति सम्मान प्रकट गरेका थिए। \'स्याली र उनका परिवारको योगदानको म र मेरा परिवारले उच्च प्रशंसा गर्छौं र म सँधै वीलको विरासत धान्नेछु।\", उनले भने, \"शल्यक्रियामा असाध्यै आश्चर्यजनक विकासहरू भएका छन्, म त्यसको जिउँदो उदाहरण हुँ तर त्यो त वील र उनका परिवार जस्तै विशेष मानिसहरूका कारण मात्र संभव हुन्छ।\" बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy