चीनले अमेरिका र क्यानाडालाई चिनियाँ मोबाइलफोन कम्पनी ह्वावेइकी आर्थिक मामिलासम्बन्धी प्रमुख मङ्ग वान्जूको पक्राउबारे \'स्पष्ट\' पार्न आग्रह गरेको छ। चीनको अग्रणी टेलिकम कम्पनी ह्वावेइका संस्थापककी छोरी वान्जू १ डिसेम्बरमा भ्यानकुभरबाट पक्राउ परेकी थिइन् र उनलाई अमेरिका सुपुर्दुगी गराउनेसम्बन्धी एउटा सुनुवाई यहि शुक्रवार हुँदैछ।
पक्राउको विस्तृत कारण खुलाइएको छैन तर अमेरिकाले इरानमाथि लगाइएको प्रतिवन्धहरूको खिलाफ हुनेगरी ह्वावेइले काम गरेकोबारे अनुसन्धान गरिरहेको बताएको छ। चीनले उनको रिहाईको माग गर्दै उक्त गिरफ्तारी अधिकारको दूरूपयोग हुनसक्ने ठानेको बताएको छ। चीनियाँ विदेशमन्त्रालयका एकजना प्रवक्ताले संवाददाताहरूसँग कुरा गर्दै भनेका छन्: \"कुनै कारण नखुलाई व्यक्तिको गिरफ्तारी हुनुले उसको मानव अधिकार हनन भएको ठहर्छ।\" \"हामीले क्यानाडा र अमेरिकालाई गिरफ्तारीको कारण स्पष्ट पार्न आग्रह गर्दै आफ्नो गम्भीर चासो दर्शाएका छौं र उनको कानुनी अधिकार संरक्षण हुनेगरी तत्काल रिहाईको माग गरेका छौं।\" एउटा हवाई उडानबाट अर्को हवाई उडानका लागि गइरहेका बेला उनलाई नियन्त्रणमा लिइएको सो कम्पनीले बताएको छ। हिरासतमा लिइएकोबारे प्रकाशनमा रोक लगाउनेसम्बन्धी मङ्गले गरेको आग्रह र अदालतहरूको आदेश भन्दै मङ्गलाई हिरासतमा लिइएको विषयबारे क्यानडाका न्यायमामिला मन्त्रालयका प्रवक्ताले थप खुलाउन अस्वीकार गरेका छन्। चीनले मङ्गलाई तत्कालै रिहा गर्न माग गरेको छ। ओटावास्थित चिनियाँ दूतावासले उनले कुनै पनि अमेरिकी वा क्यानेडेली कानुनको उल्लंघन नगरेको बताएको छ। अमेरिकी सञ्चारमाध्यममा आएका विवरणहरूका अनुसार ह्वावेइले इरानमाथि लगाइएका अमेरिकी प्रतिबन्धहरूको उल्लंघन गरेको हुनसक्ने भन्दै उसमाथि छानबिन चलिरहेको छ। गत एप्रिलमा ह्वावेइका गतिविधिहरूमाथि अनुसन्धान भइरहेको घोषणा अमेरिकी अधिकारीहरूले गरेका थिए। चीनले यसरी दर्शाइरहेको चासोले बेइजिङ्गको मानव अधिकार स्थितिबारे आलोचना गरिराखेका अभियानकर्ताहरूलाई आश्चर्यमा पारेको छ। एम्नेस्टी इन्टरनेसनलले भनेको छ, चीनमा \'मानवअधिकार संकटमा छ\' र \'अख्तियारीमा रहेकाहरू विरूद्ध बोल्नेहरूले कठोर यातना, पक्राउ र थुनछेक झेल्नुपरिरहेको छ।\' अमेरिकी सांसदहरूले ह्वावेइका उत्पादनहरू चिनियाँ सरकारद्वारा जासुसीका लागि प्रयोग भएको हुन सक्ने बताउँदै सो कम्पनी अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि एउटा खतरा भएको बारम्बार बताउँदै आएका छन्। एउटा विज्ञप्तिमा ह्वावेइले आफू कार्यरत देशका सबै कानुन तथा नियमहरूको पालना गरेको बताउँदै संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका तथा यूरोपेली संघको पनि आयात नियन्त्रण तथा प्रतिबन्धसम्बन्धी कानुनहरूको पालना गरिरहेको बताएको छ। अमेरिकी पक्षद्वारा कैयौँ चिनियाँ कम्पनीहरूले इरानमाथि लगाइएका प्रतिबन्धहरूको उल्लंघन र साइबर चोरी गरेकोजस्ता आरोपहरू लगाउँदै ती कम्पनीहरूविरुद्ध कानुनी मुद्दाहरू दायर गरिएका बेला ह्वावेइकी उपाध्यक्ष मङ्ग पक्राउ परेकी हुन्। बिबिसिबाट
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: