पत्रकार जमाल खशोग्जीको हत्यामा शंकास्पद ठानिएकाहरूलाई सुम्पिन टर्कीले गरेको अनुरोधलाई साउदी अरेबियाका विदेशमन्त्रीले अस्वीकार गरेका छन्।
एक साता भन्दा अघि टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआनले खशोग्जीको हत्यामा शंकास्पद ठानिएकाहरूलाई टर्की सरकारलाई सुम्पिन माग गरेका थिए।
त्यसै विषयमा टर्कीको अदालतले पनि बुधवार पक्राउपूर्जी जारी गरेको थियो।
विदेशमन्त्री अदेल अल जुबेरले भनेका छन्, \"हामी हाम्रा नागरिकहरूलाई सुम्पिदैनौं।\"
अभियोग
अक्टोबरमा इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा भएको हत्यामा साउदी अरेबियाले ११ जनालाई अभियोग लगाएको छ।
साउदी गुप्तचर निकायका पूर्व प्रमुख अहमद अल अशिरि र पूर्व शाही सल्लाहकार साउद अल कहतानीलाई टर्कीमा पक्राउ पूर्जी जारी गरिएको थियो।
विदेशमन्त्री अल जुबेरले टर्कीले सूचना साउदी अरेबियालाई बाँडेको तरिकाको आलोचना गरेका छन्।
\'आदेश उच्च तहबाटै\'
एएफपी समाचार संस्थाले उनलाई उद्धृत गर्दै लेखेको छ, \"हामीले टर्कीस्थित हाम्रा साथीहरूलाई अदालतमा प्रयोग गर्नसकिने प्रमाणहरू उपलब्ध गराइदिन भनेका थियौं। तर हामीले जस्तो तरिकाले हामीले प्राप्त गर्नुपर्थ्यो त्यसरी पाएका छैनौं।\"
टर्कीका राष्ट्रपति एर्दोआनले खशोग्जीको हत्या गर्न साउदी सरकारको उच्च तहहरूबाट आदेश आएको बताएका छन्।
तर उनले साउदी शाही परिवारमाथि भने आफूले आँच पुर्याउन नचाहेको आश्वस्त पारे।
साउदी अरेबियाले भने उक्त हत्यामा साउदी राजकुमार मोहम्मद बिन सलमानको हात रहेको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ। एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: