काठमाडाैं । राष्ट्रिय गौरवको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजनाका प्रभावितले मुआब्जाको माग गर्दै प्रदर्शन गरेका छन् । आयोजना प्रभावितले सोमबार विदुरमा प्रदर्शन गरेका हुन् । आयोजनाले पिपलटार–ढुंगे खण्डका प्रभावितलाई मुआब्जा वितरण गर्न कानुनी बाधा रहेको बताएपछि स्थानीयले विरोध गरेका हुन् । -यालीमा सहभागीले राष्ट्रिय गौरवको आयोजनाले विभेद गर्न नहुने बताएका छन् । उनीहरूले मुआब्जा नदिए सडक विस्तारको विकल्प खोज्नसमेत आयोजनालाई स्थानीयले आग्रह गरेका छन् । पिपलटार–ढुंगे खण्डको गंगटेदेखि ढुंगेसम्म चारलेन सडक निर्माण गर्ने तयारी छ ।
अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - सडक विस्तार गर्दा धेरैको घरजग्गा सडकमा पर्ने अवस्था आएकाले मुआब्जाको माग गरिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक मुआब्जा संघर्ष समितिका संयोजक लिलानाथ न्यौपानेले बताए । ‘हामी विकास विरोधी होइनौँ । सरकारले सडक विस्तार गर्दा मुआब्जा दिनुपर्छ,’ न्यौपानेले भने, ‘देवीघाट–गल्छी खण्डमा मुआब्जा दिने यहाँ नदिने ? विभेद गर्न पाइँदैन ।’
मुआब्जा वितरणमा कानुनी अड्चन
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजनाको पिपलटारदेखि ढुंगेसम्म पासाङल्हामु राजमार्गमा पर्ने भएकाले मुआब्जा वितरणमा कानुनी अड्चन देखिएको आयोजना प्रमुख सुवोधकुमार देवकोटाले बताए ।
आयोजनाअन्र्तगत पिपलटारदेखि ढुंगेसम्म बालाजु–त्रिशूली सडक खण्डमा पर्छ । ‘सो सडकको सीमा ०३४ सालको राजपत्रमा उल्लेख गरिएको रहेछ,’ न्यौपानेले भने, ‘पिपलटार ढुंगे खण्डमा मुआब्जा दिने वा नदिने कुनै पनि निर्णय भएको छैन ।’ कानुनी प्रक्रिया पूरा गरी विगतका निर्णयका आधारमा स्थानीयलाई मुआब्जा दिन सकिने उनले बताए । पिपलटारका स्थानीयले ठेकेदारले पिपलटार क्षेत्रमा गरेको कालोपत्रेको काममा १३ कात्तिकमा अवरोधसमेत गरेका थिए ।
आयोजनाले पक्षपात गरेको आरोप
प्रशासनले स्थानीयको जायज मागको बेवास्ता गर्दै बल प्रयोग गरेर सडक निर्माण अघि बढाएपछि आन्दोलनमा उत्रनुपरेको समितिका सहसंयोजक गीता आमात्यले बताइन् । आयोजनाले एकै प्रकृतिको जग्गामा कतै मुआब्जा दिने र कतै नदिने नीति लिएपछि विरोध गर्नुको विकल्प नभएको संघर्ष समितिका सदस्य रमेश श्रेष्ठले बताए । ‘गंगटेदेखि ढुंगेसम्म चार लेनको सडक निर्माण हुने भएकाले कतिपयको उठिबाससमेत हुने अवस्था छ । मुआब्जा नदिए धेरै नागरिक घर न घाटका हुनेछन्,’ श्रेष्ठले भने ।
देवीघाट–गल्छीमा मुआब्जा वितरण
आयोजनाको देवीघाट–गल्छी खण्डको एक हजार ४ सय ८१ रोपनी जग्गाको प्रतिआना २ लाख ५० हजारदेखि ३ लाख २५ हजार रुपैयाँसम्मको दरले मुआब्जा वितरण गरिएको छ । पृथ्वी राजमार्गको गल्छीदेखि–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी नाकासम्मको ८२ किलोमिटर सडकमा अहिले गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटर सडक खण्डमा स्तरोन्नतिको काम भइरहेको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: