Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

मेकअप नगर्दा ज्यान मार्ने धम्की

दक्षिण कोरियाली युट्युव स्टार लिना बेले अनुहारमा मेकअप गर्न सिकाउने भिडिओहरूको सट्टा मेकअप हटाएको भिडिओ युट्युबमा राख्न थाल्दा केही नकारात्मक टिप्पणीहरूको अपेक्षा गरेकी थिइन्।

तर ज्यान मार्ने धम्की नै आउलान् भन्ने उनलाई पटक्कै लागेको थिएन ।

२१ वर्षीया लिनाले निकै विचार गरेर मात्रै त्यस्तो निर्णय लिएकी थिइन्। सधैँजसो सिँगारपटार गर्न ‌सिकाउने व्यक्तिले शृङ्गार नगर्ने बानीलाई प्रोत्साहन दिने गरी भिडिओ पोस्ट गर्दा कसैले दोधारे मान्छे भन्लान् कि भन्ने चिन्ता पनि उनलाई लागेको थियो।

र, उनलाई अब विना \"मेकअप\" अथवा शृङ्गार नगरेर पनि बस्न सकिन्छ भन्ने देखाउने आफ्नो विचारमा अडिग भएर रहने बेला आयो भन्ने लाग्यो।

\"मेरो विचारमा अधिकांश कोरियाली महिला देखावटी सौन्दर्यको पछि लागेका हुन् कि जस्तो लाग्छ\", उनले भनिन्।

\"उनीहरूलाई अरूले आफ्नो वास्तविक अनुहार देख्लान् कि भन्ने ठूलो डर छ। कसैले उनीहरूलाई नराम्री भनेको सुनेमा महिलाहरूलाई निकै लज्जाबोध हुन्छ भन्ने मैले सुनेकी थिएँ। म पनि त्यस्तै थिएँ।\" उनले भनिन्।

लिन बे ले शृङ्गार गर्दा लगाएको नक्कली परेला निकालेको, चेरी जस्तो रातो रङ्गको लिपीस्टिक पुछेको भिडिओ ५० लाखभन्दा बढी मानिसले हेरिसकेका छन्। हजारौँले उनीप्रति समर्थन जनाएका छन्। तर अरूले भने उनीमाथि व्यक्तिगत आक्रमण नै थालेका छन्।

\"मार्ने धम्की आएको केही समयसम्म त मलाई घरबाट निस्कन पनि डर लाग्यो,\" उनले भनिन्।

मेरो उत्कृष्ट रूप

अनुहारको सुन्दरतासँग सम्बन्धित लामो समयदेखि चलिआएको सामाजिक मान्यतालाई चुनौती दिन युवा कोरियाली महिलाहरूले थालेका हुर्कँदो अभियानको एक अंश हुन् बे। उनीहरू आफूलाई \"सौन्दर्यको बन्धन\" बाट मुक्ति खोज्ने अभियानका सदस्य भन्ने गर्छन्।

सो अभियानमा विश्वास गर्नेहरू आफ्नो लामो कपाललाई खौरन्छन् र सौन्दर्य प्रशाधनको प्रयोग गर्दैनन् अनि आफ्नो त्यस्तो स्वरूपलाई सामाजिक सञ्जालका वेबसाइटहरूमा राखेर फैलाउने गर्छन्।

कोरियाली समाजले आफूहरूमाथि लादेको बन्धन वा सीमितताहरूविरुद्ध गरिएको विद्रोहको कदमका रुपमा त्यसो गरिएको उनीहरू बताउँछन्।

दक्षिण कोरियामा सानै उमेरदेखि नै महिलाहरूमाथि विभिन्न धारणाहरू जबर्जस्ती लाद्ने गरिन्छ। विभिन्न विज्ञापनहरूका सन्देशहरूले तिनीहरूलाई जीउ पातलो हुनुपर्छ, छाला मुलायम र गोरो हुनुपर्छ र अनुहार अण्डाकार हुनुपर्छ भनी निरन्तर दबाब दिने गर्छन्।

सौन्दर्य प्रशाधन उद्योग संसारकै सबैभन्दा ठूलोमध्येको एउटा हो जसले एक वर्षमा विक्रीबाट मात्रै झण्डै १३ अर्ब डलरको कारोबार गर्ने गर्छ। दक्षिण कोरियामा संसारभरिकै उच्चदरमा कस्मेटिक सर्जरी पनि हुने गरेको छ।

त्यहाँ मान्छेको सफलतालाई उसको सुन्दरतासँग समेत दाँजेर हेर्ने गरिन्छ।
गत वर्ष गरिएको एक सर्वेक्षणमा कामको खोजी गरिरहेकाहरूमध्ये ८८ प्रतिशतले आफ्नो बाहिरी स्वरूपले नै काम पाउने वा नपाउने कुराको निर्धारण गर्ने बताएका थिए।

सर्वेक्षणमा सहभागी आधाभन्दा धेरैले काम पाउनकै लागि आफू प्लास्टिक सर्जरी गर्न समेत तयार रहेको बताएका थिए।

सुन्दरताको मापदण्डबाट मुक्ति
बाहिरी रूपमा गरिने सानो भन्दा सानो परिवर्तनले समेत त्यहाँ ठूलो चर्चा निम्त्याउने गर्छ।

दक्षिण कोरियाली समाचार संस्था एमबीसीकी प्रस्तोता ह्युन जु इमले दक्षिण कोरियाली सञ्चार क्षेत्रमा अहिलेसम्मकै अभूतपूर्व मानिने निर्णय गरिन्।

उनले लामो समयदेखि लगाउँदै आएको लेन्स र नक्कली परेली प्रयोग गर्न छाडिन् र चश्मा लगाएर समाचार पढ्ने पहिलो समाचारवाचिका बनिन्।

उनलाई दर्शकले आफूलाई अल्छी भनेर टिप्पणी गर्लान् की भन्ने डर थियो। तर उनलाई समर्थनसहितका हजारौँ इमेल प्राप्त भए।

उनले भन्छिन् \"यो चश्माले ममा धेरै परिवर्तन ल्याइदिएको छ। म अब आफूलाई असहज हुने कुनै पनि लुगा लगाउँदिनँ र अहिले मलाई निकै स्वतन्त्र भएको अनुभूति हुन्छ। यो चश्माले मलाई स्वतन्त्रताको पखेटा दिएको छ।\" बीबीसी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending