Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्न चीन उत्सुक

चीन । चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन पिङबीच अर्जेन्टिनामा भएको वार्ता र यसपछिका निरन्तरका प्रयासको प्रभाव सकारात्मक देखिएको छ ।

यसै शिलशिलामा चीनले व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्ने र समस्याको समाधान निकाल्न तयार रहेको बिहीबार जनाएको छ ।

विश्वका दुई विशाल अर्थतन्त्रबीच व्यापार, साइबर आक्रमण र चिनियाँ टेलिकम हुवावेकी आर्थिक मामिला प्रमुख मेङ वाङझाओको क्यानडामा भएको पक्राउ र अमेरिकालाई सुपुर्दगी गर्ने बिषयले दुई देशको सम्बन्धमा समस्या देखिएको छ । यद्यपि मेङलाई क्यानडाबाटै धरौटीमा रिहाई गरिएको छ ।

“हाल दुबै देशका सरकारहरू निकट सम्पर्कमा रहेका छन् । चीनले अमेरिकालाई समस्या समाधानार्थ वार्ताका लागि चीनमा स्वागत गर्न वा अमेरिका जान खुला धारणा राख्न तयार छ,” बाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले पत्रकारसँगको नियमित भेटमा बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्प र सीबीच गत डिसेम्बरमा ९०–दिन व्यापार युद्धलाई रोक्ने र विवादलाई साम्य पार्ने पहल थाल्ने सहमति भएको थियो । तर उनीहरूबीच सहमतिका बुँदाबारे फरक फरक धारणाहरू आएका छन् ।

वासिङ्टनका अनुसार चीनले अमेरिका पठाउने कारहरूमा कर कटौति गर्न र सोयविन तथा भटमास र अन्य अमेरिकी उत्पादनलाई ठूलो मात्रामा खरिद गर्न तयार रहेको बताउँदै आएको छ ।

गाओले बिहीबार दुई पक्षबीच सहमति भएको बताए पनि सहमति के के बिषयमा भएको हो भन्नेबारे बिस्तृतमा भने बताउन चाहेनन् ।

गाओले भने “चिनियाँ र अमेरिकी समूहहरू वार्ताका लागि निकटमा रहेर निरन्तर वार्ता गरिरहेका र विवादका बिषयमा सहज वातावरण वनिरहेको छ ।”

सुरक्षा बिषयमा देखिएका बढ्दा समस्याले व्यापार वार्तालाई प्रभावित पार्ने देखिएको छैन

क्यानडाले हुवावेकी अधिकारी मेङलाई पक्राउ गरेको वदलामा चीनले दुई क्यानेडाली नागरिकलाई सोमबार चीनबाट पक्राउ गरेको राजनीतिक विश्लेषकहरूको अनुमान रहेको छ । यद्यपि यसबारे चीनको भनाइ आइसकेको छैन ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बुधबार म्यरिअट होटेलबाट चीनले व्यापक अमेरिकी तथ्याङ्कहरू ‘ह्याक’ गरेको आरोप लगाएका थिए । एएफपी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE