Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

प्रधानमन्त्रीले दिएका थिए पुसमा सांसदहरूलाई पानीजहाज चढ्ने निम्तो

काठमाडौं । चालू आर्थिक वर्षको बजेटमा कर्णाली, गण्डकी र कोसीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । प्रधानमन्त्रीले त संसद्मा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरूलाई निम्तासमेत दिएका थिए ।

तर, विडम्बना हालसम्म नेपालले जलमार्ग सञ्चालन गरिने भनिएका नदीको स्थलगत अध्ययनसमेत गरेको छैन । यो खबर आजको नयाँपत्रिकामा छ - नेपालमा पानीजहाज सञ्चालनको अध्ययन गर्न बनेको ‘इनल्यान्ड वाटर वेज’ (आन्तरिक जलमार्ग) अध्ययन समितिका प्रतिनिधि हालसम्म पनि तीन नदीको भ्रमणमा गएका छैनन् ।

भारतीय टोलीको नेपाल भ्रमण
गत ३१ र ३२ असारमा नेपाल र भारतबीच ‘इनल्यान्ड वाटर वेज’सम्बन्धी पहिलो प्राविधिक छलफल भएको थियो । छलफलमा भारत र नेपालले आ–आफ्ना रणनीति र उद्देश्य आदान–प्रदान गरेका थिए । भारतको जलमार्ग प्राधिकरणका उपाध्यक्ष प्रविर पाण्डेको नेतृत्वमा आएको भारतीय टोलीले बिहारको पटनासम्म निर्माण सम्पन्न भइसकेको जलमार्गलाई नेपालसम्म जोड्ने आफूहरूको योजना रहेको सुनाएका थिए । भारतीय प्रतिनिधिमण्डमा भारतको जलमार्ग प्राधिकरणका ४ जना, भारतीय राजदूतावासका ३ जना, कोसी ब्यारेजका १ जना र अन्य गरी ९ जना थिए ।

नेपाली टोलीको भारत भ्रमण
नेपालमा पानीजहाज सञ्चालनको अध्ययन गर्न बनेको इनल्यान्ड वाटर वे अध्ययन समितिको टोलीले १ देखि १४ असोजसम्म बनारस गएर जलमार्गसम्बन्धी अवलोकन अध्ययन गरेको थियो । समितिका संयोजक तथा जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे नेतृत्वको सात सदस्यीय टोली त्यहाँ गएको थियो । भारतीय अन्तरदेशीय जलमार्ग प्राधिकरणको निमन्त्रणामा गएको टोलीले बनारसमा निर्माण भइरहेको जलमार्गको टर्मिनल र अन्य संरचनाको अवलोकन अध्ययन ग(यो । त्यस्तै, गंगा नदी र त्यससँग जोडिएका अन्य नदीमा निर्माण भइरहेका जलमार्गका संरचनाको समेत अवलोकन गरेको बेल्वासेले बताए ।

प्रगति शून्य
प्रधानमन्त्रीको घोषणालाई आधार मान्ने हो भने यतिवेला नेपालका नदीमा जलमार्ग सञ्चालनका लागि संरचना निर्माण भइसकेको हुनुपर्ने हो, तर हालसम्म यसका लागि न कानुन बनेको छ, न संरचना बनेको छ, न त पूर्वाधार निर्माण नै भएको छ । केवल अध्ययन समितिले अध्ययन र अवलोकन गर्ने काम मात्रै गरेको छ ।

फेरि आउँदै छ भारतीय टोली
आगामी जनवरीमा भारतीय टोली नेपालमा जगलमार्ग सञ्चालनको विषयमा थप छलफल गर्न आउँदै छ । सम्भवतः जनवरी ७ मा भारतीय टोली आउने र त्यसवेला वार्ता हुनेछ । काठमाडौंमा हुने वार्ताले नेपाल–भारत जलमार्ग निर्माण तथा सञ्चालनको एउटा खाका तयार पार्ने बेल्वासेले बताए । ‘वार्तामा भारतीय पक्षले सम्भाव्यता अध्ययन नेपाललाई पनि दिनेछ,’ उनले भने, ‘त्यसपछि कसरी अघि बढ्ने भन्ने मोटामोटी बाटो तय हुनेछ ।’ भारतीय पक्ष नेपाल आएपछि नारायणी र कोसीको स्थलगत अध्ययनसमेत गरिने उनले जानकारी दिए ।

संसद्बाटै प्रधानमन्त्रीले दिएका थिए पुसमा पानीजहाज चढ्ने निम्तो

बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी ओलीले १५ असारमा भनेका थिए, ‘पानीजहाजको कुरा गर्दा बाल्टीमा पानी राखेर डुंगा चलाउँदै उडाएका छन्, अब हिँड्दाहिँड्दै हनुमाननगरबाट पानीजहाज चल्छ । दुई वर्षअघि म प्रधानमन्त्री हुँदा नै बोलेको हुँ । सन् २०१८ सम्म भ्याइएन भने ठीकै छ, सन् २०१९ को पुस १६ लाग्ला । तर, स्टिमर चढेर कोलकातासम्म जान निम्ता छ साथीहरूलाई ।’

समितिका संयोजक तथा जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे भन्छन्, ‘नेपालमा जलमार्ग सञ्चालन हुन्छ, तर कहिले भन्न सकिन्न’ नेपालमा जलमार्ग सञ्चालनको विषयमा हामीले उपलब्ध अध्ययन प्रतिवेदन तथा खोजहरू पढ्ने, विज्ञहरूसँग परामर्श गर्नेलगायत काम  गर्याे । यसबीचमा भारतको इनल्यान्ड वाटर वे प्राधिकरणका प्रतिनिधिसँग छलफल  गर्याे । हामीले भारतीय अन्तरदेशीय जलमार्ग प्राधिकरणको निमन्त्रणामा बनारसमा निर्माण भइरहेको जलमार्गको टर्मिनल, जलमार्गका अन्य संरचनालगायतको अवलोकन अध्ययन गर्याे। नेपालमा जलमार्ग सञ्चालन सम्भव छ, सकिन्छ, त्यहीअनुसार काम पनि भइरहेको छ । तर, कहिले चल्छ भनेर अहिल्यै भन्ने अवस्था छैन ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending