Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

विप्लव माओवादी भन्छ : राहत–भ्रष्टाचारीमाथि कारबाही गर्छौं

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका स्थायी समिति सदस्य एवम् प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले  भूकम्पप्रभावित जनताका निम्ति आएको राहत रकम र सामग्रीमा भ्रष्टाचार गर्ने मतिभ्रष्ट तत्वमाथि आफ्नो पार्टीले सख्त कार्बाही गर्ने चेतावनी दिएका छन् । भूकम्पप्रभावित जनताका लागि भक्तपुरको नलिन्चोकमा घर पुनर्निमार्णमा खटिएका पार्टीका स्वयसेवक कार्यकर्ताहरुलाई शनिबार निर्देशन दिँदै प्रवक्ता प्रकाण्डले उक्त चेतावनी दिएका हुन् । राज्य आफैंले पीडितहरुलाई सघाउनुको सट्टा उल्टै सरकारकै मान्छे र सत्ताधारी दलका नेता–कार्यकर्ताकै संलग्नतामा राहत रकम र सामग्रीमा भ्रष्टाचार हुनु दुःखद् र आश्चर्यजनक कुरा भएको उल्लेख गर्दै नेता विश्वकर्माले  राहतमा लूट मच्चाउनेहरुलाई जनताले नछाड्ने बताए । भूकम्पबाट आहत भई जनता गाँस, बास र कपासको समस्यामा छटपटाइरहेका बेला राहतमा समेत लूट मच्चाएर केही तत्व मौलाउन खोजेको उल्लेख गर्दै प्रवक्ता प्रकाण्डले त्यस्ता तत्वमाथि कडा कार्बाही गरिने चेतावनी दिए । उनले भूकम्पपछिको उद्धार र पुनर्निमार्णमा आफ्नो पार्टीले पहिलो पहलकदमी लिएको भन्दै प्रकाण्डले सत्ताधारी नेताहरु काममा भन्दा मिडियामा फोटो देखाउनका लागि हिँडिरहेकोमा दुःख प्रकट गरे । देश अहिले महाविपत्तिमा परेका बेला राष्ट्रिय सरकार बनाउने र संविधानमा सहमति गर्ने कुराको प्रचार गरेर यथास्थितिवादी नेताहरुले बेमौसमी बाजा बजाएको जिकिर गरे । अहिलेको पहिलो काम सर्वपक्षीय सहमतिका आधारमा राष्ट्रको पुनर्निर्माण र जनताको पुनर्वास गर्नु हो भन्दै नेता प्रकाण्डले विदेशी शक्तिहरुको सहयोग स्वीकार्य हुने तर सहयोगका नाममा राष्ट्रिय स्वाधीनतामाथि हुने हस्तक्षेप कुनै हालतमा मान्य नहुने बताए । आफ्नो पार्टीले देशैभरका स्वयसेवकहरुलाई भूकम्पप्रभावित सबै जिल्लामा निरन्तर खटाइरहने जनाउँदै उनले जनस्तरबाट पार्टीको कामको राम्रो मूल्याकंन भएकोमा सन्तोष प्रकट गरे । सो कार्यक्रममा माओवादी पोलिटब्युरो सदस्य ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ , केन्द्रीय सदस्य मोहन कार्की ‘जीवन्त’ लगायतका नेता–कार्यकर्ताहरु सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending