Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

विप्लव माओवादी भन्छ : राहत–भ्रष्टाचारीमाथि कारबाही गर्छौं

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका स्थायी समिति सदस्य एवम् प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले  भूकम्पप्रभावित जनताका निम्ति आएको राहत रकम र सामग्रीमा भ्रष्टाचार गर्ने मतिभ्रष्ट तत्वमाथि आफ्नो पार्टीले सख्त कार्बाही गर्ने चेतावनी दिएका छन् । भूकम्पप्रभावित जनताका लागि भक्तपुरको नलिन्चोकमा घर पुनर्निमार्णमा खटिएका पार्टीका स्वयसेवक कार्यकर्ताहरुलाई शनिबार निर्देशन दिँदै प्रवक्ता प्रकाण्डले उक्त चेतावनी दिएका हुन् । राज्य आफैंले पीडितहरुलाई सघाउनुको सट्टा उल्टै सरकारकै मान्छे र सत्ताधारी दलका नेता–कार्यकर्ताकै संलग्नतामा राहत रकम र सामग्रीमा भ्रष्टाचार हुनु दुःखद् र आश्चर्यजनक कुरा भएको उल्लेख गर्दै नेता विश्वकर्माले  राहतमा लूट मच्चाउनेहरुलाई जनताले नछाड्ने बताए । भूकम्पबाट आहत भई जनता गाँस, बास र कपासको समस्यामा छटपटाइरहेका बेला राहतमा समेत लूट मच्चाएर केही तत्व मौलाउन खोजेको उल्लेख गर्दै प्रवक्ता प्रकाण्डले त्यस्ता तत्वमाथि कडा कार्बाही गरिने चेतावनी दिए । उनले भूकम्पपछिको उद्धार र पुनर्निमार्णमा आफ्नो पार्टीले पहिलो पहलकदमी लिएको भन्दै प्रकाण्डले सत्ताधारी नेताहरु काममा भन्दा मिडियामा फोटो देखाउनका लागि हिँडिरहेकोमा दुःख प्रकट गरे । देश अहिले महाविपत्तिमा परेका बेला राष्ट्रिय सरकार बनाउने र संविधानमा सहमति गर्ने कुराको प्रचार गरेर यथास्थितिवादी नेताहरुले बेमौसमी बाजा बजाएको जिकिर गरे । अहिलेको पहिलो काम सर्वपक्षीय सहमतिका आधारमा राष्ट्रको पुनर्निर्माण र जनताको पुनर्वास गर्नु हो भन्दै नेता प्रकाण्डले विदेशी शक्तिहरुको सहयोग स्वीकार्य हुने तर सहयोगका नाममा राष्ट्रिय स्वाधीनतामाथि हुने हस्तक्षेप कुनै हालतमा मान्य नहुने बताए । आफ्नो पार्टीले देशैभरका स्वयसेवकहरुलाई भूकम्पप्रभावित सबै जिल्लामा निरन्तर खटाइरहने जनाउँदै उनले जनस्तरबाट पार्टीको कामको राम्रो मूल्याकंन भएकोमा सन्तोष प्रकट गरे । सो कार्यक्रममा माओवादी पोलिटब्युरो सदस्य ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ , केन्द्रीय सदस्य मोहन कार्की ‘जीवन्त’ लगायतका नेता–कार्यकर्ताहरु सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy