पौष ६ गते, २०७५ शुक्रवार 21st December, 2018 Fri०७:४०:१५ मा प्रकाशित
काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट अवैध तवरबाट चीन पस्न प्रयास गर्ने एक तिब्बती पक्राउ परेका छन्। अध्यागमन नाका बन्द भएका बेला जबर्जस्ती चीन जान खोज्ने कुंगा ठिंगुलाई पुस १ गते कोदारीस्थित सीमा प्रहरी चौकीले पक्राउ गरेको हो।
आजको अन्नपुर्ण पोष्ट दैनिकम खबर छ - उनीसँग सामान्य परिचयपत्रबाहेक यात्राका लागि चाहिने राहदानी वा ट्राभल डकुमेन्टलगायत कुनै कागजता छैन। शंकास्पद तरिकाले सीमा क्षेत्रमा हिँडिरहेका उनी पक्राउ परेका हुन्। उनले अवैध रूपमा चीन छिर्ने प्रयास गरेको प्रहरीले बताएको छ। भूकम्पपछि तातोपानी नाका बन्द छ। अध्यागमन र भन्सार कार्यालयसमेत बन्द छ। नेपाली र चिनियाँ दुवै पक्ष बन्द रहेको नाका खुलाउने अन्तिम तयारीमा छन्। तातोपानीबाट आफूविरोधी गतिविधि हुन सक्ने भन्दै चीन सशंकित भइरहेका बेला त्यहींबाट कुंगा पक्राउ परेका छन्।
स्थानीयले कुंगाको गतिविधि शंकास्पद भएको रिपोर्टिङ गरेलगत्तै प्रहरीले उनलाई पक्रेको थियो। सीमा प्रहरी चौकी कोदारीका सइ पुरुषोत्तम महतले कागजपत्र केही नभएकाले उनलाई पक्राउ गरिएको पुष्टी गरे। उनले भने, ‘थप अनुसन्धानका लागि अध्यागमन विभागमा बुझाएका छौं।’
कुंगाले आफ्नो घर तिब्बत भएको बयान दिएका छन्। उपत्यकाका बौद्ध, स्वयम्भू, जावलाखेल र उपत्यका बाहिर पोखरालगायत क्षेत्रमा ठूलो संख्यामा तिब्बती शरणार्थी बसोबास गर्छन्।
करिब ५ महिना भारत बसेका कुंगा हिन्दी राम्रोसँग बोल्छन्। उनी ६ महिनाअघि पनि पक्राउ परेका थिए। त्यस बेला फेरि नेपाल प्रवेश गर्न नपाउने चेतावनी दिएर काठमाडौंस्थित तिब्बती समुदायनिकट एक व्यक्तिको जिम्मा लगाएर विभागले उनलाई छाडेको थियो। ती व्यक्तिले कुंगालाई भारत पठाएको जानकारी अध्यागमन विभागलाई दिएका थिए।
भारत पठाइएका कुंगा तातोपानीबाट समातिनु रहस्यमय बनेको छ। उनलाई के गर्ने विभागले निर्णय गर्न सकेको छैन। तीन जनासँग भारत गएका उनले आफूमात्र आएको बताएका छन्। चिनियाँ राहदानीसमेत नभएका उनी कसरी नेपाल आए अनुसन्धानको विषय बनेको छ।
नेपाल–भारत सीमा सुरक्षामा देखिएको कमजोरीले तिब्बती, रोहिंज्या जस्ता अवैध आप्रवासी नेपाल पस्न सफल भइरहेका छन्। सीमा सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरीले प्रभावकारी काम नगर्दा सीमा क्षेत्रमा आपराधिक गतिविधि बढ्दै गएको छ।
नेपाल–भारत सीमा क्षेत्रमा देखिएको फितलो सुरक्षाले दसैंअघि १० जना रोहिंज्या बंगलादेशबाट भारत हुँदै नेपाल प्रवेश गरेका थिए। ती १० रोहिंज्या जोगबनी नाका हुँदै विराटनगरबाट काठमाडौं आएका थिए। केही समयअघि मात्र रसुवाबाट केरुङ पस्न खोज्ने तिब्बतीलाई चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरी रसुवा प्रहरीलाई बुझाएको थियो।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: