Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सम्पर्कविहीन भएका नेकपाका नेता भारतमा

झापा । प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा) मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उनलाई देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार बिहान सम्पर्कविहीन भएको भनिएको २५ मिनेटपछि उनलाई काँकरभिट्टा नाकामा रिक्सामा चढेको अवस्थामा सिसी क्यामेराले रेकर्ड गरेको हो । “एक जना मानिस छेउमा देखिएका छन्”, प्रहरी प्रवक्ता श्रेष्ठले भने “बुधबार बिहान ९ः२५ बजे उहाँ काँकरभिट्टाबाट भारततिर जाँदै गरेको र १५ मिनेटपश्चात भारतीय नाका पानीट्याङ्कीमा पुग्नुभएको सिसी क्यामेरामा देखिएको छ ।” खोजीमा जुटेको प्रहरीले काँकरभिट्टा र पानीट्याङ्की नाकामा राखिएको सिसी टिभीको फुटेज अध्ययन गरेर उनी बुधबार बिहान भारततिर पुगेको पत्ता लगाएको हो । उनी चढेको रिक्सामा अर्को एक व्यक्तिसमेत सवार रहेको र ती व्यक्ति को हुन् भन्ने पहिचान गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ । भारतको पानीट्याङ्कीबाट उनी कता पुगेको भन्ने प्रहरीले खोजी गरिरहेको जनाएको छ । भारततिर लागेको प्रमाण फेला परे पनि यो समाचार तयार पार्दासम्ममा ४९ वर्षीय नेता भण्डारी कसैको सम्पर्कमा आएका छैनन् । उनी बुधबार बिहान ९ बजेतिर घरबाटै सम्पर्कविहीन भएका थिए । उनले नियमित रुपमा प्रयोग गर्दै आउनुभएको मोबाइल फोन र मोटरसाइकल भने घरमै रहेको छ । “हामी भारततिरको प्रहरीको सहयोगमा सबै कुरा बुझ्दैछौँ, खोज्दैछौँ”, जिल्लाका प्रहरी प्रवक्ता श्रेष्ठले बताए । प्रहरीले नेता भण्डारीले घरमा छाडेका दुवै मोबाइल फोन साथमा लिएर कलडिटेल लिएको छ भने एक महीना अघिदेखि धेरै मात्रामा आउने फोन कलको निगरानी र अध्ययन गरिरहेको जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy