Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

प्रतिबन्धित भारुमै कारोबार

विराटनगर । कोयम अन्सारीले आँखा उपचार गरुन्जेल नेपाली रुपैयाँ चलाउनै परेन। सबै काम भारुमै भयो। उनी भारत पश्चिम बंगाल राज्यको मालदहबाट छोरासँगै विराटनगर आएका थिए। धेरै भारतीयहरू आँखा उपचार गर्न वारि नेपालसम्म आउने गर्छन्। ‘राम्रो उपचार हुन्छ भन्ने सुनेकाले यता आइयो’, अन्सारीले भने, ‘पैसा पनि हाम्रै देशको चल्दो रहेछ।’ उनले नेपाली रुपैयाँ साटेनन्। काकडभिट्टा हुँदै विराटनगरसम्म आउँदा सबै भुक्तानी भारुमै गरे। कसैले लिन्न पनि भनेन् बरु अस्पतालमा समेत उतैको नोट चल्यो। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - एक सय दरमाथिका भारतीय नोटमा सरकारले प्रतिबन्ध लगाएको छ। तर, विराटनगरमा त्यसको खासै असर छैन। औद्योगिक नगरीमा प्रतिबन्धित भारतीय नोट विगत झैं निर्वाध चलन चल्तीमा छन्। धेरै कारोबार अझै भारुमै हुने गरेको छ। दुई सय, पाँच सय र दुई हजार दरका भारु नोट नचलाउन सरकारले सूचना जारी गरेको छ। तर, प्रदेश १ को अस्थायी राजधानीमा यिनै नोटको कारोबार बढी हुने गर्छ। पूर्वी नेपालमा भारतीय नोटको कारोबारमा संलग्न मनीचेन्जर तथा अवैध कारोबारीले नोट संकलन गरी बढी मूल्यमा बिक्री गर्ने धन्दा नै चलाएका छन्। खासगरी भारत सीमावर्ती क्षेत्र र विराटनगरभित्रै रहेका आँखा अस्पताल तथा आसपासमा यस्तो कारोबार फस्टाएको हो। छोरासँगै आएका कोयम अन्सारीले अस्पताल परिसरबाहिर बसेका व्यक्तिलाई बट्टी बुझाएर खुद्रा साटेको सुनाए। मुगेर बिहारका साजन रायले सिमावर्ती बजार गएर खुद्रा गर्दा मनलागी बट्टी तिर्नु परेको गुनासो गर्दै भने, ‘वारि पनि भारु चल्ने भएकाले हामीलाई त्यति धेरै समस्या छैन।’ उनले यसअघि अस्पताले सबै भुक्तानी भारुमै गर्ने गरेको सुनाए। विराटनगरको मलाया रोडमा अवस्थित विराट आँखा अस्पतालमा सबै किसिमको भारतीय नोट चल्छ। त्यहाँ दैनिक तीन सयभन्दा बढी भारतीय आँखा उपचार गर्ने आउँछन्। अस्पतालका प्रबन्धक राजकुमार मण्डल भन्छन्, ‘बिरामीको समस्यालाई बुझेर सबै रकम लिन्छौं।’ उनले आएका बिरामीसँगै साना भारतीय नोट नहुने गरेकाले सास्ती दिनुको साटो ठूला नोट लिएर उपचार सहज बनाइदिएको दाबी गरे। सुपोल भारतको विन्देश्वरीले नेपालमा भारतीय रुपैयाँ चलाउन रोक लगाउँदा समस्या हुने बताउँदै भनिन्, ‘उपचार गर्न आउनेले उतैको पैसा बोकेर आउँछन्। नोट चल्न रोक लगाउन हुन्न।’ धेरै मानिसलाई अहिले पनि भारतीय नोट चल्दैन भन्ने थाहा नभएको उनले बताइन्। नेपाल आउने धेरै भारतीयले पाँच सयदेखि दुई हजारसम्मका नोट बोकेर आउने गर्छन्। ती नोट बाहिरी बजारमै चलाउँछन्। नोट खरिद बिक्री गर्नेहरूमार्फत पनि कारोबार हुन्छ। एक सय दरमाथिका भारतीय नोटमा सरकारले प्रतिबन्ध लगाएको छ। तर, विराटनगरमा त्यसको खासै असर छैन। धेरै कारोबार अझै पनि भारुमै हुन्छ। सरकारले प्रतिबन्ध लगाएसँगै विराटनगर आँखा अस्पतालआसपास भारतीय नोटको अवैध कारोबार झनै फस्टाएको छ। बिरामी र तिनका आफन्तले ठूला नोट ल्याउने भएकाले कारोबारीले साटिदिने बाहनामा बढी रकम लिने गरेका छन्। विराटनगर आँखा उपचारका लागि अब्बल मानिन्छ। भारतको बिहार, उत्तरप्रदेश, पश्चिम बंगालसहित भुटानबाट समेत बिरामी उपचार गर्न आउँछन्। कतिपय अस्पतालले बिरामीबाट प्रतिबन्ध नोट लिने गरेका छन् भने केहीले लिन छाडेको दाबी गरेका छन्। विराटनगरमा चारवटा आँखा अस्पताल सञ्चालनमा छन्। रानीमा रहेको विराटनगरमा आँखा अस्पतालमा सबैभन्दा धेरै बिरामीको चाप हुन्छ। अस्पतालका प्रशासन सहायक शर्मिला अचार्यले भारतीय प्रतिबन्धित नोट लिन छाडेको दाबी गरिन्। उनले भनिन्, ‘बिरामीले बाहिरबाट नै एक सयसँगै चल्ने नोट लिएर आएपछि मात्र कारोबार गर्छौं।’ यो अस्पतालमा दैनिक एक हजार पाँच सय बिरामी उपचारका लागि आउँछन्। तीमध्ये धेरै भारतीय नै हुन्छन्। अस्पतालमा दुई सय २५ जनासम्मको विभिन्न प्रकारको शल्यक्रिया हुने गरेको अस्पतालले जनाएको छ। विराटनगर तीनपैनीको तापडिया आँखा अस्पतालका श्याम पोखरेलले प्रतिबन्धित नोट नलिएको तर आकस्मिक रूपमा बिरामी र आफन्त समस्यामा भए साटेर दिने शर्तमा लिने गरेको बताए। उनले भने, ‘उताबाट आउनेले भारतीय नोट नै लिएर आउँछन्। व्यावहारिक अवस्था बुझेर नलिइ पनि हुँदैन।’ सरकारले नोटमा गरेको प्रतिबन्ध भारतीय बिरामीलाई भने निकै सास्ती भएको पौडेल बताउँछन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending